काठमाडौँ– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो।
जसअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।