काठमाडौं– साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल पहिलो हाफमा ५ गोलले अघि रहेको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको खेलको पहिलो हाफमा नेपालले ५ गोल गरेको हो ।
खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे हुने तालिका थियो । तर, वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल पर धकेलिएको हो । खेल मात्र नभई मैदानसमेत परिवर्तन गरी खेल सुरु गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल राति ८:१५ बजे भएको थियो ।
गुरुङले नियमित गोलकिपर सुजता तामाङलाई आराम दिएका छन् । उनको स्थानमा लिला जैशी सुरुआती ११ मा उत्रिएकी छिन् । उनले नै कप्तानी जिम्मेवारीसमेत पाएकी छन् ।
सुजताले भुटानविरुद्धको ६–१ को जित र बंगलादेशविरुद्धको ३–२ को हारमा पोस्ट सम्हालेकी थिइन् । उनले प्रतियोगितामा कूल ४ गोल खाएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।