• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आश्वासनमै सीमित युवाकेन्द्री योजना, अधिकांश कार्यक्रम अस्तव्यस्त

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  ०२:२०
1140x725

काठमाडौं- सरकारले प्रत्येक आर्थिक वर्षमा युवालाई समेट्ने गरी बजेट विनियोजन गर्दै आएको छ। बजेट कार्यक्रम सार्वजनिक गर्दा प्राथमिकतामा युवाकै योजना र कार्यक्रम पर्ने गरेका छन्। त्यस्ता योजना विरलै मात्र कार्यान्यनमा जाने गरेका छन्। 

_x000D_ _x000D_

यसरी युवालाई समेट्न ल्याइएका युवामैत्री योजना प्राय पाँच दशकदेखि नै असफल हुँदै आएका छन्। 

_x000D_ _x000D_

युवालाई समेट्न सरकारले २०१७  सालयता दर्जनभन्दा बढी लोकप्रिय योजना ल्याएको छ। तर एकदमै सीमित कार्यक्रम मात्र लक्षित वर्गसम्म पुगेको पाइन्छ। यसरी ल्याएका कतिपय कार्यक्रम एक वर्ष सञ्चालनमा आएर बन्द हुने गरेका छन्।  

_x000D_ _x000D_

राष्ट्रिय जनगणना २०६८ मा १६–४० वर्षसम्मका कुल युवाको संख्या १ करोड ६ लाख ८९ हजार ८ सय अर्थात् कुल जनसंख्याको ४० दशमलव ५ प्रतिशत छ। यो संख्या बढेर अहिले करिब ४३ प्रतिशत पुगेको राष्ट्रिय तथ्यांक विभागको अनुमान छ।

_x000D_ _x000D_

सरकारले जनसंख्याको ४४ प्रतिशत हिस्सा ओगटेका युवा जमातलाई उद्यम, स्वरोजगार, रोजगारमा सामेल गर्न सकेको पाइदैन। 

_x000D_ _x000D_

देशभित्र रोजगारी, उद्यमशीलता र स्वरोजगारका अवसर नपाएपछि ५३ लाखभन्दा धेरै युवा रोजगारीको खोजीमा विदेशिएका छन्। युवामैत्री योजना आएपनि लक्षित वर्गसम्म कार्यक्रम नपुग्दा वार्षिक ५ लाखभन्दा धेरै युवा विदेश पलायन हुने गरेका छन्। 

_x000D_ _x000D_

विभिन्न मन्त्रालयमा छरिएर रहेका युवालक्षित कार्यक्रम एकीकृत रूपमा कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको राष्ट्रिय युवा परिषदमार्फत परिचालन गर्ने प्रयास गरिँदै आएको छ। 

_x000D_ _x000D_

सरकारले वार्षिक बजेटमा युवाका लागि कुल बजेटको शून्य दशमलव ३१ प्रतिशत अर्थात् ४ अर्ब १८ करोड ९५ लाख अर्थात ०.३१ प्रतिशत विनियोजन गर्दै आएको छ। युवाकै लागि सरकारले अर्बौ बजेट विनियोजन गरिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

परिषदका उपसचिव कर्ण बहादुर भुवाजीले विगत ४ वर्षदेखि युवावर्गलक्षित सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको बताए। 

_x000D_ _x000D_

आर्थिक वर्ष सकिएपछि युवामैत्री कार्यक्रमले निरन्तरता नपाउँदा कम प्रगति देखिने गरेका छ। यस्ता कार्यक्रम कम्तिमा १० वर्षसम्म निरन्तर सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भनेर्, सरकारले युवालाई समेट्न धेरै योजना अघि सारेपनि लक्षित वर्गसम्म पुग्न नसक्दा कतिपय कार्यक्रम नै एक वर्ष पनि सञ्चालन नभई बन्द हुने गरेका छन्।’

_x000D_ _x000D_

युवामैत्री कार्यक्रम सफल पार्न राजनीतिमा सहभागी युवा राजनीतिक नेताले सरकारलाई दबाब सिर्जना गर्नुपर्ने उनको भनाई छ। 

_x000D_ _x000D_

युवामैत्री योजना कार्यन्वयन नहुँदै अलपत्र  
_x000D_ २०१७ सालमा सरकारले बजेटमै पहिलो पटक युवालाई समेटेर योजना अघि सारेको थियो। त्यसबेला बजेट नै छुट्याएर विकास र शिक्षामा युवा परिचालन गर्ने योजना अघि ल्याएको थियो। राजनीतिक परिवर्तनका कारण उक्त योजना कार्यन्वयन हुन पाएन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

तत्कालीन राजा महेन्द्रले शिक्षा र विकासमा युवाको सहभगिता बढाउन २०१९ सालमा देश विकासमा युवाको सहभागिता सुनिश्चित गर्ने योजना ल्याएका थिए। यो योजनामार्फत शिक्षित युवालाई शिक्षाको प्रचार गराउने लक्ष्य लिएको थियो। 

_x000D_ _x000D_

उक्त कार्यक्रम २०३७ सालमा परिवर्तन गरेर राष्ट्रिय विद्यार्थी सेवा बनाइयो। यो कार्यक्रममाफत अध्ययन सकेका युवालाई अध्यापन गराउन सीमित समयका लागि विद्यालय पठाउने गरिएको थियो। उक्त कार्यक्रममार्फत परिचालित विद्यार्थी राजनीतिक दलको प्रचारमा सहभागी भएको भन्दै बन्द गरियो। 

_x000D_ _x000D_

२०४७ सालपछि राष्ट्रिय युवा स्वयंसेवक (राष्ट्रिय योजना आयोग अन्र्तगत सञ्चालित) गरिँदै आएको छ। यो कार्यक्रमले पनि युवा जमतलाई खासै समेट्न सकेको छैन। स्वयंसेवक राजनीतिक कार्यकर्ता नियुक्त गर्ने केन्द्र बनेको छ।   

_x000D_ _x000D_

२०५२ सालमा विकासमा युवालाई अनिवार्य श्रमको नारा दिएर बजेट भाषणमार्फत युवामैत्री योजना ल्याइएको थियो। विकासमा युवा दस्ता नै गठन गरेर परिचालन गर्ने योजना ल्याएको उक्त कार्यक्रम राजनीतिक उथलापुथलका कारण कार्यन्वयनमै नआएको जानकार बताउँछन्।  

_x000D_ _x000D_

यस्तै, नेपाली युवालाई उद्यमशीलतर्फ अभिप्रेरित गर्ने उद्देश्यले २०६५ सालमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरी सञ्चालनमा ल्याएका थिए। 

_x000D_ _x000D_

विगत १० वर्षमा कोषको लगानीबाट कुल ३५ हजार २ सय ५४ जना युवा स्वरोजगार बनेका छन्। जब कि, प्रतिवर्ष कम्तीमा ५० हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने तत्कालीन सरकारको महत्वाकांक्षी लक्ष्य थियो, तर झन्डै १० वर्षको अवधिमा ५० हजार युवासमेत स्वरोजगार हुन सकेका छैनन्। कोषमा चरम राजनीतीकरण भएकाले स्वतन्त्र युवाले त्यसबाट लाभ खासै लिन सकेनन्। 

_x000D_ _x000D_

आर्थिक वर्ष २०७३ मा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम ल्याएको थियो। पूर्ण स्वदेशी लगानी रहने भनिएको उक्त परियोजनामा १० वर्षका लागि १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएको छ। तर, यो परियोजना कसरी सञ्चालन गर्ने भन्ने अन्योल कायमै छ। यसले पनि युवा वर्गलाई समेट्न सकेको पाइँदैन। 

_x000D_ _x000D_

यसमा राष्ट्रिय युवा नीति, २०१५ तथा युथ भिजन २०२५ युवा विकासका लागि राष्ट्रिय युवा नीति, २०७२ तथा युथ भिजन, २०२५ ले तय गरेका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको थियो। दिनानुदिन बिदेशिने दक्ष, अर्धदक्ष एवं अदक्ष नेपाली जनशक्तिलाई मुलुकमै उद्यमशीलताको अवसर र रोजगारी र्सिजना गर्ने विषयमा जोड दिएको यो कार्यक्रमले खासै गति लिएको छैन। जसका कारण पछिल्लो समय सरकारले यो कार्यक्रम तर्फ खासै ध्यान दिएको छैन। 

_x000D_ _x000D_

सरकारले आर्थिक वर्ष २०७५÷७६ मा नै युवाकेन्द्री प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन ल्याउन तयारी गरेको छ। कार्यक्रमका लागि आवश्यक ऐन नियम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तयारी गरिरहेको छ।  यसका लागि ३ अर्ब १० करोड बजेट विनियोजन भइसकेको छ। वैदेशिक रोजगारीमा जाने कामदारले पनि अनिवार्य तालिम लिनुपर्ने र तालिम निशुल्क रुपमा दिलाउने योजना सरकारको छ।

_x000D_ _x000D_

विगतका कार्यक्रमको समीक्षा गर्ने हो भने यो बजेटले प्रस्तुत गरेको एक वर्षमा ५ लाख व्यक्तिलाई रोजगारीमा आबद्ध गर्ने महत्वाकांक्षी योजना धेरै राम्रो भएको श्रम विज्ञ गणेश गुरुङको बुझाई छर्। यो कार्यक्रम कसरी सफल होला, भने विषयमा आगामी दिनमा सरकारको काम गर्ने तरिकाबाट थाहा हुन्छ।’ उनले भनेर्, आर्थिक–सामाजिक र राजनीतिक सशक्तीकरण गरी समाजको मूल प्रवाहमा यस्ता योजना र कार्यक्रम कार्यान्वयन गर्न स्रोत साधनको अभाव हुन्छ। यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’

_x000D_ _x000D_

विगतका कार्यक्रमहरु जस्तै यो कार्यक्रम पनि कार्यन्वयन हुन चुनौतीपूर्ण हुने उनको भनाई छ। 

_x000D_ _x000D_

औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीका लागि बिदेशिएका करिब ५३ लाख जनशक्तिमध्ये दक्ष १ दशमलव ५ प्रतिशत, अर्धदक्ष २३ प्रतिशत र अदक्ष ७५ दशमलव ५ प्रतिशत रहेका श्रम मन्त्रालयले अनुमान छ। यसरी कामको खोजीमा विदेशिने युवालाई दक्ष बनाउन सरकारले बजेट ल्याउन सकेको छैन। 

_x000D_ _x000D_

नेपाली श्रम बजारमा रोजगारीका अवसरको कमी, न्यून पारिश्रमिक, श्रमको कदर नगर्ने संस्कार, शिक्षा, सूचना र प्रविधिको विकास तथा युवामा बढ्दो महत्वाकांक्षाले युवाको विदेश जाने क्रम निरन्तर बढेको छ। भूकम्प र कृषि तथा औद्योगिक क्षेत्रको व्यवसायीकरण र औद्योगीकरणको कमीले युवा जनशक्तिलाई पनि वैदेशिक रोजगारी विकल्प बन्न पुगेको हो।

_x000D_ _x000D_

सामान्य कामका लागि युवाले विदेशकै रोजगारी ताक्ने गरेका छन्। यस्तो प्रथा रोक्न सरकारलाई ठूलो चुनौती छ।  
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ०२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्