काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले बिहीबार दिउँसो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गरेका थिए ।
सोही दिन साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेका थिए । त्यसपछि बिहीबार साँझ नै तयारी सञ्चालक समितिको बैठक डाकेका थिए । सो बैठकमा धेरै कुरा टुंगिएको बताइएको छ । त्यसपछि मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले (बिहान ८ बजेदेखि) राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ ।
बैठक टुंगिएपछि आजै दिउँसो (एक, दुई बजे) मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहेको छ ।
अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याउन लागेका हुन् । वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।