काडमाडौं- न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सले मोबाइल मेला आयोजना गर्ने भएको छ। मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघले कम्प्लेक्समा आयोजना गर्ने मोबाइल मेला असोज २३ गतेदेखि ३१ गतेसम्म संचालन हुनेछ।
_x000D_
_x000D_
रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर मेला भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए। ‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, दसैंको अवसरमा अफरका साथ सुपथ मुल्यमा माेबाइल बिक्री गर्नेछौं,’ उनले भने।
_x000D_
_x000D_
मेलामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसकिने छ। नयाँ मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड निशुल्क प्राप्त गर्नुका साथै अन्य स्किमहरु राखिएको जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।