काठमाडाैं– राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्स (नेवानि) लामो समयपछि फेरि आन्तरिक उडानमा आक्रामक रुपमा प्रस्तुत भएको छ। नेवानिले खस्कँदो आन्तरिक उडानको बजार हिस्सा बढाउँदै सस्तो र सहज हवाई यात्राका लागि घाटा खाएर भए पनि दुर्गमलगायत २५ ठाउँमा उडान गर्नेगरी योजना अगाडि सारेको छ।
_x000D_
_x000D_
नेवानिले दुई दशक अगाडि नियमित उडान गरेको ठाउँमा लामो समयदेखि उडान गर्न सकेको थिएन। पुनः नेवानिले २५ गन्तव्यमा उडान गर्नेगरी उडान तालिकका सार्वजनिक गरेको हो।
_x000D_
_x000D_
त्यसमा पनि पहिलो पटक लुक्ला र दाङमा नियमित उडान थालको नेवानिका प्रवक्ता अशोक सिग्देलले बताए।
_x000D_
_x000D_
नेवानिले अहिले दुई वटा वाई १२, एक एमए ६० र एक ट्विनअटर जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ। यसबाहेक पनि नेवानिसँग दुई वटा वाई १२, एमए ६० र एउटा ट्विनअटर ग्राउन्डेड छ। ग्राउन्डेड जहाजमध्ये ट्विनअटर मंगलबारदेखि उडानमा आउने छ। तर, एमए ६० र दुई वटा वाई १२ जहाज भने दसैं अगाडि सञ्चालनमा आउने अवस्था नरहेको उनको भनाइ छ।
_x000D_
_x000D_
नेवानिसँग रहेको एउटा वाई १२ जहाजको इन्जिन मर्मतका लागि क्यानडा लगिएको छ भने एउडा वाइरिङ मर्मत हुँदै छ।
_x000D_
_x000D_
अहिले चार वटा जहाजले सातामा एउटा गन्तव्यमा दुई वटासम्म भए पनि नियमित उडान गर्नेगरी नेवानि अगाडि बढेको सिग्देल बताउँछन्। सबै जहाज उडानमा आएपछि अहिले ट्विनअटर जहाजमार्फत दुर्गममा भइरहेको उडानमा समेत थप गर्ने नेवानिको भनाइ छ।
_x000D_
_x000D_
नेवानिले उडान गरिरहेको र गर्ने तयारीका गन्तव्यमा विराटनगर, भद्रपुर, पोखरा, चितवन, नेपालगञ्ज, दाङ, भोजपुर, सिमरा, भैरहवा, धनगढी, सुर्खेत, फाप्लु, रुकुमको चौरजहारी, रकुम विमानस्थ, रुम्जाटार, ताल्चा, डोल्पा, हुम्ला, सिमिकोट, बाजुरा र बझाङ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।