काठमाडौं – लियोनल मेसीको क्लब इन्टर मियामी क्लब विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मियामी पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध ४–०ले पराजित हुँदै बाहिरिएको हो ।
जाओ नेभासले गरेको दुई गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
एटलान्टामा भएको खेलको छैटौँ मिनेटमा नै भिटिन्हाको फ्रिकिकलाई उपयोग गर्दै नेभासले गोल गरेका हुन् । पोर्चुगलका मिडफिल्डर नेभासले ३९ औँ ब्रोडी बाकुलाको सहयोगमा गोल गरेका हुन् ।
पहिलो हाफमा पिएसजी थप दुई गोल गर्न सफल भयो । डिजाइर डोउको क्रसलाई रोक्ने प्रयासमा टोकास एभिलेसले आत्मघाती गोल गरे । अस्राफ हाकिमीले अन्तिम गोल गरे ।
पराजित मियामी मेसीको उपस्थितिपछि पहिलो पटक क्लब विश्वकपमा पहिलो चरण पार गर्न सफल भएको थियो । अब क्वार्टर फाइनलमा पिएसजीले वायरन म्युनिखसँग खेल्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।