काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सम्झौता ठिक भएको र सरकार अझै पनि कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । शनिबार मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘महाकाली परियोजना सम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले सबै कार्यान्वयन गर्ने पक्षमा छन् म पनि छु,’ उनले भने । उनले निकट भविष्यमै कार्यान्वयन गर्ने तयारी रहेको पनि बताए । ‘सम्भव भएसम्म निकट भविष्यमै महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यानव्यन गर्छौं । यो गर्नुपर्ने छ,’ उनले भने ।
उनले सोही सम्झौताअनुसार बिजुलीको पैसा, पानी लिइरहेको बताए । चाँदनी दोधारामा पानीको विषयमा फेरि कुरा अगाडि प्रधानन्त्री ओलीले बताए । उनले त्यतिबेला पार्टी विभाजन गर्नका लागि महाकालीमा नक्कली इस्यू खडा गरिएको बताए ।
‘महाकालीको इस्यू भनेको जसलाई त्यतिबेला राष्ट्रवादको झन्डा देखाएर महाकाली भन्दै कुद्ने स्थिति थियो । नक्कली आडम्बरी र पाखण्डी कुरा थियो त्यसमा कुनै दम थिएन,’ उनले भने, ‘त्यो सन्धी ठिक छ । सम्झौता ठिक छ । तर त्यसबेला नदी खोला बेचे खाए भनियो । कुनै नदी खोला बेचिएको थिएन,’ उनले भने । उनले स्वाधीनता र सार्बभौसत्ता अलिकति पनि तलमाथि हुन नदिने पार्टीमाथि त्यस्तो आरोप लगाएको पनि बताए ।
उनले नेकपा एमाले देख्दाको आकार जस्तो नभएर दुनियाँको वामपन्थी र कम्युनिस्ट आन्दोलनमा असाधारण शक्ति भएको पनि दाबी गरे । उनले एमाले झुसे बारुलो नभएको स्पष्ट पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।