वीरगन्ज– पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ।
पर्साको परवानीपुरबाट गएराति करिब ३१९ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले बताएका हुन्।
परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस बरामद गरिएको उनले बताए।
बरामद चरेस भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी बुद्धिबहादुर स्याङ्तानलाई समेत पक्राउ गरेको छ।
उनको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी भनाइ छ। अहिले २ बजे प्रहरीले पत्रकार सम्मेलन गरेर बरामद चरेस र स्याङतानलाई सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।