काठमाडौं – पहिरोले बन्द कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्बेनी खण्डको वडा नम्बर २ को गरगरेमा माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।
गएको शुक्रबार बिहान सडक माथिबाट ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सोमबार बिहानबाट एकतर्फीरूपमा सञ्चालनमा आएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताए ।
एक्साभेटरहरू प्रयोग भए पनि रातिदेखि ठूलो पानी परेकाले सडक दुईतर्फी रूपमा खुलाउन समस्या भएको उनले जानकारी दिए । यसैबीच जिल्ला प्रशासन कार्यालय गुल्मीले यात्रामा सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।