काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँको तीनकुने भएका घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
पार्टीको तेस्रो स्थापना दिवसका उपलक्ष्यमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सहयोगको घोषणा गरेका हुन् ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दृश्य खिच्न गएका एभिन्युज टीभीका क्याराम्यान रजकको जलेर मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।