काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मनिष झालाई प्रवक्ताको रूपमा र कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको रूपमा नियुक्त गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि झा कार्यवाहक प्रवक्ताको रूपमा जिम्मेवारी सम्हालिरहेका थिए भने बुर्लाकोटी कार्यवाहक महामन्त्री थिए । अब उनीहरूलाई पार्टीले पूर्ण रूपमा औपचारिक जिम्मेवारी दिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।