काठमाडौं – प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि बैठक बोलाएका हुन् ।
शीर्ष नेताहरूको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्डले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बुधबार र बिहीबार तीन दलको बैठक स्थगित भएको थियो ।
उनीहरूबिच समसामयिक राजनीति, संसद्को गतिरोध अन्त्य, संसद्बाट विधेयक पारित गर्ने र संक्रमणकालीन न्याय लगायतको विषयमा छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।