काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन्। उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ। खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन्।मलद्वारभित्र कालो पलास्टिकमा बेरेको अवस्थामा तीन डल्ला पोकामा सुन फेला परेको हो।उक्त सुन बरामद गरेर विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।