काठमाडौं- दसैं तिहारका अवसरमा महिला उद्यमीद्वारा रक्तदान कार्यक्रम आयोजना गरेका छन्। नेपाल वुमन चेम्बर अफ कमर्सले दसैं, तिहार र छठपर्वका अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
_x000D_
_x000D_
कमर्सको ट्रेड कमिटीको संयोजनमा काठमाडौंको बसन्तपुरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गरेका थिए। 'विगतमा मुख्य चाड पर्वका बेला रगत अभाव हुने गरेकाले त्यसैलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो' कमिटी संयोजक लीमा अधिकारीले बताइन्।
_x000D_
_x000D_
चाडपर्वमा अरु समयमा भन्दा बढी सवारी दुर्घटना तथा आपराधिक घटनासमेत हुने भएकाले रगत अभाव हुने नदिन रक्तदान आयोजना गरिएको चेम्बरले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।