काठमाडौं– साताको पहिलो दिन बढेको संकेत मात्रै गरेको सेयर बजार सोमबार सामान्य अंकले वृद्धि भएको छ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३ अंकले वृद्धि भएको हो। योसँगै आज सेयर बजार परिसूचक २६५९ विन्दुमा पुगेर बन्द भएको छ।
सेयर बजार परिसूचकले सकारात्मक संकेत देखाएसँगै कारोबार रकममा उछाल आएको छ। आइतबार साढे ११ अर्बको सेयर कारोबार भएको आज १३ अर्ब १८ करोडभन्दा बढीको सेयर कारोबार भएको हो।
कारोबारका आधार आज १२४ कम्पनीको सेयर मूल्यमा बढेको छ। यस्तै सोही बराबर अर्थात १२४ कम्पनीकै सेयर मूल्यमा गिरावट आएको छ।
आज पुरे इनर्जी लिमिटेड र पिपल्स पावर लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै अप्पर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आज दुई कम्पनीको सेयर झण्डै अर्बौं बराबरको मूल्यमा कारोबार भएको छ। जसमा सानिमा माई हाइड्रो पावर लिमिटेड र न्यादी ग्रुप पावर लिमिटेडको सेयरमात्रै झण्डै दुई अर्ब बराबरको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।