• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा

64x64
नेपाल लाइभ सोमबार, असार २, २०८२  ०९:२९
1140x725

ग्रिन्सबोरो (नर्थ क्यारोलाइना) – कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक स्वरमा आवाज निकालिरहेको थियो, ‘नेपथ्य, नेपथ्य...।’ 

चर्को आवाजकै बीच सहयोगी कलाकारहरू ध्रुव, सुविन, नीरज, शान्ति र दिनेश झुकेर नमस्ते गर्दै मञ्चबाट बाहिरिए । दर्शकको माया देखेर भावुक गायक अमृत भने केही बेर अडिएर मात्र बिदा लिए । दर्शकदीर्घामा भने नारा लागिरहेकै थियो । शनिबार मञ्च र दर्शकदीर्घा बीचको हार्दिकता उत्कर्षमा पुगेकै क्षण नेपथ्यले नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर मात्र होइन, यस वर्षको महिनादिन लामो सिंगो अमेरिका यात्राबाट बिदा लिएको छ । 

09-Nepathya-frontman-Amrit-Gurung-performing-at-the-Piedmont-Hall-in-Greensboro,-North-Carolina.-Photo---Monsoon-Shrestha---nepalaya-1750045370.jpg
‘बिसवर्षे अमेरिका बसाइका क्रममा मैले विशाल रंगशालामा आयोजित देखि लिएर रङ्गमञ्चहरूका अनेक विश्वप्रसिद्ध प्रस्तुति हेर्दै आएको छु,’ फ्लोरिडाको सेन्ट अगस्टिन सहरबाट सात घण्टा लामो मोटरयात्रा गर्दै सपरिवार आएका पंकजनाथ शर्मा भनिरहेका थिए, ‘आजको नेपथ्य प्रस्तुतिजस्तो कार्यक्रम मैले अमेरिकामा विरलै अनुभव गर्न पाएँ ।’

यस्तै मिल्दोजुल्दो प्रतिक्रिया सामाजिक सञ्जालमा पनि देख्न पाइन्थ्यो । दर्शकमध्येकै चन्द्र गिरी बारम्बार फेसबुकमा लाइभ गरिरहेका थिए । कन्सर्ट उत्कर्षमा पुग्नै लाग्दा उनलाई  लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्राफर, फिल्म निर्माता र पैदलयात्री हुन् । नेपथ्यमार्फत उनको संगीतले शान्ति, न्याय र प्रकृतिका पक्षमा उनी भित्रको बलियो आस्थालाई पनि झल्काउँछ ।’ यति लेखिसकेपछि उनले फेरि कन्सर्टका लाइभ दृश्यहरू पोस्ट गर्न थाले ।

06-Nepathya-performing-in-Greensboro,-North-Carolina.-Photo---Monsoon-Shrestha---nepalaya-1750045366.jpg
 

फ्लोरिडामै रहेर सूचना प्रविधिको क्षेत्रमा कार्यरत पंकजका अनुसार कन्सर्टले नेपथ्यसँग जोडिएका सम्झना, पहिचानका साझा सरोकार र स्वदेशको मायाजस्ता कुरा उजिल्याएको थियो भने अर्कातर्फ सिङ्गो प्रस्तुति अत्यन्त व्यवस्थित हुनाले दर्शक सन्तुष्ट बनेका थिए । ‘एकातिर श्यामश्वेत तस्बिरहरू देखाउँदै पुराना गीतहरू सुनाएर भावुक बनाउने क्रम चलिरहेको थियो भने अर्कातिर तीव्र गतिका गीतहरूको प्रस्तुतिलाई अझ प्रभावकारी बनाउन सुहाउँदो हिसाबको झिलिमिली इफेक्ट्सले ऊर्जा थपेको थियो,’ पंकजले भने, ‘यी सब गतिविधिले सांगीतिक माहोलको माधुर्यलाई पटक्कै छायामा नपारेर गीतको भावलाई अझ प्रभावशाली बनाइरहेको महसुस हुन्थ्यो ।’

गीतहरूका बीच(बीचमा गायक अमृतले दिने छोटा मन्तव्यमा पनि दर्शक उत्तिकै रमाएका देखिन्थे । ती शब्दहरूमा आफ्नो भावना मेल खाएको आनन्द उनीहरूको ताली र अनुहारको रङमा प्रतिविम्बित हुन्थ्यो । जस्तो कि ‘यो जिन्दगानी’ गीत गाइसकेपछि अमृतले आह्वान गरेका थिए, ‘महिनामा एक दिनको कमाइ कम्तीमा आफ्नै गाउँठाउँको यस्तो बच्चाको पढाइका लागि छुट्याइदिनुस्, जसले शिक्षाको उज्यालो देख्न पाएको छैन र जसले तपाईंको सानो योगदानबाट भविष्यमा देशका लागि केही गर्न सकोस् ।’

01-Nepathya-performing-to-a-packed-house-in-Greensboro,-North-Carolina.-Photo---Monsoon-Shrestha---Nepalaya-1750045365.jpg
 

Ncell 2
Ncell 2

प्रतिक्रियामा हलभरिका दर्शक उत्साहसहित चिच्याएका थिए । यता अमृत पनि थामिँदैन थिए र थप्थे, ‘धन हुनेले थुपार्ने हो, मन हुनेले दिने हो ।’ दर्शक अझ उत्साहित बन्न पुगे ।
यस्ता मन्तव्यका क्रममा उनले बिदेसिएका आफन्तसँगको अनुभव पनि सुनाए । जस्तो कि शनिबार पनि उनले ‘रेश्शमु गीत सकिने बित्तिकै भने, ‘यहाँ आएको बेला अस्ति एक जना साथीकी छोरीको घर गएको थिएँ । छोरीको सानो बाबुले त अंग्रेजी मात्र बोल्दो रहेछ । छोरीज्वाइँ पनि अंग्रेजीमै कुरा गर्ने । स्कुल जान थालेपछि अलमल बढेर अंग्रेजी मात्र बोल्न लगाएका रे । जबकि बच्चाहरूले त एकैपटकमा धेरै भाषा सिक्न सक्छन् । सकेसम्म मातृभाषा पनि सिकाउनुस् । होइन भने कम्तीमा नेपाली त सिकाउनै पर्छ । हामीलाई एकताबद्ध र मजबुत राख्ने नै राष्ट्रिय भाषाले हो ।’ 

आफ्नो भनाइलाई थप सान्दर्भिक बनाउँदै अमृतले बसाइँ सरेर गएका नेपाली धेरै स्थानबाट धपाइएर स्वदेश फर्किनुपरेको दृष्टान्त सुनाए । ‘केही भवितव्य परेर लखेटिनुपर्‍यो भने पुग्नुपर्ने त्यही हिमालको काख नै हो । भाषा एउटा मात्र जानिरहे बच्चा उसको जरासँग जोडिइरहन्छ र भोलि आफ्नो पितापुर्खाको ठाउँ सम्झेर फर्किएछ भने पनि दुःख पाउँदैन ।’

यो सुनेर भावुक भई ताली पिट्नेमा ग्रिन्सबोरोकै होन्डा जेट म्यानुफ्याक्चरिङ प्लान्टमा इन्जिनियर रहेका दिलिप अर्याल पनि थिए । ‘नेपथ्यको कन्सर्टमा आउँदा मनोरञ्जन मात्र लिइँदैन, अमृत दाइले बीच-बीचमा दिने मन्तव्य पनि उत्तिकै आनन्ददायक हुन्छन्,’ युट्युबमा नेपथ्यका गीतहरू सुनेर रमाउने चार वर्षको छोरा दिभांशलाई साथै लिएर आएका उनी भन्दै थिए, ‘कन्सर्ट अझै लामो समय चलिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ ।’ छेउमै उभिएका दिभांश भने चन्द्रसूर्य अङ्कित झन्डा ओढेर रमाइरहेका थिए ।

02-Nepathya-performing-to-a-houseful-audience-at-the-Piedmont-Hall-in-Greensboro,-North-Carolina.-Photo---Monsoon-Shrestha---nepalaya-1750045365.jpg
 

दर्शकदीर्घामै रहेर ताली पिट्दै झुमिरहेकामा गायक मोहन भुसाल पनि थिए । ‘एउटा संगीतकर्मीका रूपमा मैले यस कार्यक्रमबाट धेरै सिक्न पाएँ । संगीत, मनोरञ्जन, सद्भाव र सन्देशको गज्जबको सम्मिश्रण । यो कार्यक्रम अन्तर्रास्ट्रिय स्तरको पाएँ । नेपाली कार्यक्रमको स्तरलाई यसले अर्कै उचाइमा पुर्‍याएको अनुभव भयो,’ उनी भन्दै थिए, ‘दुई घण्टा बितेको थाहै पाएनौँ ।’

उनी डेढ घण्टाको दूरीमा रहेको राली सहरबाट सपत्नी आएका थिए । उनीसँगै आएका सन्दीप केसी दम्पती नेपथ्यलाई बर्दियाको गुलेरियामा सन् २०१४ मा हेरेको सुनाउँदै थिए । ‘त्यो बेला गुलेरियामा घडी देखाएर ठीक समयमा सुरु गरेको याद छ, आज पनि समयमै पुग्नुपर्छ भनेर सबैलाई सचेत गरायौँ र समयमै आइपुग्यौँ,’ उनले भने, ‘ब्यान्डको अनुशासन र व्यवस्थापकीय पक्ष अनुसरणीय छ ।’

कन्सर्टको भव्यता देखेर ग्रिन्सबोरोका दर्शक मात्र होइन, आयोजनास्थल ‘पिडमोन्ट हल’ का व्यवस्थापक कारा टायरी पनि दङ्ग थिइन् । ‘हलभरिका दर्शकलाई त्यस्तरी रमाइलो पार्ने कन्सर्ट ठ्याक्कै भनेकै समयमा सुरु भएर भनेकै समयमा अन्त्य हुनु अझ गज्जब लाग्यो, जुन यहाँ हत्तपत्त देख्न पाइँदैन,’ उनले भनिन्, ‘फेरि आउनुस्, तपाईंहरूलाई स्वागत छ ।’

03-Nepathya-members-bow-down-to-the-audience-as-the-last-leg-of-the-US-tour-2025-concludes.-Photo---Monsoon-Shrestha---nepalaya-1750045366.jpg
 

अमेरिकाको यस राज्यमा नेपथ्यलाई पहिलोपटक प्रस्तुत गराउने आयोजक टोलीका विक्रम श्रेष्ठ पनि शनिबारको भव्य कन्सर्टबाट हौसिएका देखिन्थे । ‘पूरै अनलाइन बुकिङबाट यति ठूलो नेपाली कार्यक्रम भएको यो नै हाम्रो पहिलो अनुभव हो । हाम्रो टिमले अपेक्षा गरेको भन्दा उत्कृष्ट प्रस्तुति भयो,’ उनी भन्दै थिए, ‘यति व्यवस्थित प्रोडक्सन दिन सक्ने नेपथ्यको व्यवस्थापक नेपालयको टिमसँग सहकार्य अनुभव मेरा लागि कार्यक्रम व्यवस्थापनको पाठशाला जस्तै भएको छ ।’

यो प्रस्तुतिसँगै नेपथ्यको सातौँ अमेरिका यात्रा सम्पन्न भएको छ । यो वर्ष महिनादिन लामो शृंखलाबद्ध यात्रामा ब्यान्ड अस्टिन, सियाटल, लस एन्जलस, पिट्सबर्ग, सिकागो, बोस्टन हुँदै ग्रिन्सबोरो आइपुगेको हो । यस यात्रालाई सफलताका साथ सम्पन्न गर्ने कलाकार, व्यवस्थापक, प्राविधिकसहितको १४ सदस्यीय टोली यसै साता स्वदेश फिर्नेछ ।

फोटोहरुः मनसून श्रेष्ठ/नेपालय

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्