काठमाडाैं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विधान पार्टीले अनुमोदन नगरेपछि संस्थापन इतरका विद्यार्थीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
कार्तिक १६ देखि १८ सम्म निर्धारण गरिएको १२ औं महाधिवेशनका लागि संघले बनाएको विधान र नियमावली पार्टीले पारित नगरिदिँदा महाधिवेशन प्रभावित हुने देखिएको छ। असोज ७ देखि संघले क्याम्पस, माध्यमिक विद्यालय र सिटिइभीटीको अधिवेशन गर्ने गरी महाधिवेशनको तालिका सार्वजनिक गरेको थियो।
_x000D_
_x000D_
तर, विधानको अभावमा तल्लो तहको अधिवेशन अघि बढ्न सकेको थिएन।
_x000D_
_x000D_
प्रादेशिक संरचना अनुसार तल्लो तहबाट प्रतिनिधी छनोटका लागि संघको अधिवेशन हुन सकेको छैन।
_x000D_
_x000D_
संघको नियमावली पार्टीले पारित गर्न ढिलो गर्दा मंसिर २ सम्मको कार्यावधि रहेको वर्तमान कार्यसमिति विघटनको अवस्थामा पुगेको विद्यार्थी नेताहरुले बताएका छन्।
_x000D_
_x000D_
नेविसंघको विधान पारित गर्नका लागि शुक्रबार बस्ने भनिएको पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी नेताहरु बीचमा नै विवाद उत्पन्न भएपछि रोकिएको बताइएको छ।
_x000D_
_x000D_
नेविसंघको कारणले बैठक नरोकिएको प्रवक्ता विश्व प्रकाश शर्माले दाबी गरे।
_x000D_
_x000D_
शर्माले पार्टी विधानमा आन्तरिक छलफल गर्नुपरेकाले बैठक सारिएको बताए। शर्माको दाबीलाई अस्विकार गर्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले विधान मस्यौदा समितिको कारणले केन्द्रीय समितिको बैठक रोक्नुपर्ने जिकिर गरे।
_x000D_
_x000D_
उनले भने, ‘विधानको छलफल गर्नका लागि बैठक बोलाइएकै होइन।’
_x000D_
_x000D_
पार्टीको निर्देशक समितिले संघको विधान संसोधन गरी महाधिवेशनको तालिका सार्वजनिक गर्न निर्देशन गरेको थियो।
_x000D_
_x000D_
संघको केन्द्रीय समितिले विधान संसोधन गरी पार्टी समक्ष पेस गरेको थियो। एक महिनाअघि बुझाइएको विधानलाई पारित नगरेसँगै विद्यार्थीहरु पार्टीकै विरोधमा उत्रने तयारी गरेका हुन्।
_x000D_
_x000D_
महामन्त्री कुन्दनराज काफ्लेका समूहका विद्यार्थी नेताहरुले पार्टी विरुद्ध आमरण अनसन बस्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
तोकिएको समयमा महाधिवेशन नगराउनका लागि पार्टी संस्थापन पक्ष उद्यत रहेको भन्दै काफ्ले समूहका विद्यार्थी नेताहरुको आरोप छ।
_x000D_
_x000D_
तोकिएको समयमा महाधिवेसशन गराउनका लागि पार्टीलाई दबाब बढाउनुपर्ने वाध्यता आएको एक विद्यार्थी नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।