बाँके– बाँकेमा माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ। मृतकमध्ये २ जनाकाे सनाखत भएकाे छ। सनाखत हुनेमा दाङ तुलसीपुर कि २७ वर्षीया वसन्ती चाैधरी र ३२ वर्षीय तुलसी रावत रहेका छन्। ४ जनाको भने सनाखत हुन बाँकी छ।
_x000D_
_x000D_
दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको थियाे।
_x000D_
_x000D_
कोहलपुर-लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा भएको सो दुर्घटनामा ९ जना घाइते छन्।
_x000D_
_x000D_
उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका सइ तेजबहादुर रानाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।