काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो नभएको बताएका छन् । उनले भिजिट भिसा प्रकरणमा कांग्रेससँग अग्नि सापकोटासँगको मुद्दा साटेको आरोप गलत भएको समेत बताएका छन् ।
शनिबार बिहान विराटनगर विमानस्थलमा अध्यक्ष दाहालले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । भिसिज भिसा काण्ड र अग्नि सापकोटाको कुनै साइनो नभएको उनको जिकिर छ । उनले बाहिर वाइयात कुराहरु प्रचार गरेको भन्दै गुनासो गरे ।
उनले भने, ‘गृहमन्त्री रमेश लेखकले हिजो संसदमा केके बोल्नुभयो त्यसको जिम्मेवार उहाँ नै हो । हामीले भनेको के मात्रै हो भने छानविन हुनुपर्छ । यो विषय गम्भीर छ । एउटा अहिलेको गृहमन्त्रीसँग मात्रै पनि सम्बन्धित छैन । यो विषय धेरै पहिलेदेखिकै अत्यन्तै सम्वेदनशील विषयको रुपमा छ । त्यसकारण सुशासनको निम्ति यसको छानविन हुनुपर्छ । गहिरो अध्ययन हुनुपर्यो, संरचना बन्नुपर्यो त्यो कुरामा सहमति भएपछि हामीले अहिलेको आवश्यकता अनुसार देशको निम्ति सहज गरेका हौं । अग्नि सापकोटासँग मुद्दा साट्नुभएको भन्ने आरोप विल्कुल गलत कुरा हो । वाइयात कुराहरु मानिसहरुले प्रचार गर्ने गरेका छन् त्यस्तो केही पनि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’
उनले देश र जनताको बृहत्तर हितको निम्ति तत्काललाई दुई बुँदे सहमति गरेर संसद सुचारू हुने परस्थिति बनाइएको समेत बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।