नेपालगन्ज- बाँकेमा माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
_x000D_
_x000D_
दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको हो। कोहलपुर-लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा भएको सो दुर्घटनामा घटनामा ११ जना घाइते भएका छन्। तीमध्ये ३ जना गम्भीर छन्।
_x000D_
_x000D_
उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका सइ तेजबहादुर रानाले बताए। मृतकको सनाखत हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।