काठमाडौँ – प्रहरीले बेलायत पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगर–३२ नरेफाँट बस्ने ४७ बर्षीया अरुण राज शर्मा रहेका छन् ।
उनीहरुले हाल सम्म ३८ जना पीडितहरुबाट युकेका विभिन्न शहरमा पठाइदिने भन्दै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको उजुरीका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइदिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ । उनीहरु दुवै जना आईतबार पक्राउ परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।