काठमाडौं– काठमाडौंको बौद्ध मुलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा झ्यालबाट हाम फालेका २ जना जुवाडेका उपचारको क्रममा मृत्यु भएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा सोमलाल तामाङ र सरोज घले रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टाेलीले गोप्य सूचनाको आधारमा बौद्ध मूलपानीमा रहेको एक घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेकाे थियो।
_x000D_
_x000D_
साेही क्रममा धेरै संख्यामा रहेका जुवाडेहरू काेही छतबाट र कोही झ्यालबाट हाम फालेका थिए।
_x000D_
_x000D_
झ्यालबाट हाम फाल्दा दुईजना भने टिनमा ठोक्किएर गम्भीर घाइते भएका थिए।
_x000D_
_x000D_
घाइते भएका दुईको बि एण्ड बि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए।
_x000D_
_x000D_
प्रहरीले अन्य २३ जना जुवाडेलाई भने पक्राउ गरी ४ लाखभन्दा बढीको नगद, मोटरसाइकल र रक्सी बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।