मुटुको चालमा हुने गडबडी भिन्नैखालको मुटु रोग हो। मुटुको चाल आवश्यकताभन्दा कम या बढी हुनुलाई हामी मुटुको चालको गडबडी भन्छौं।
_x000D_
_x000D_
समान्य अवस्थामा मुटुको चाल एक मिनेटमा ६० देखि १ सय पटकसम्म धड्किनुपर्छ। यदि त्यो भन्दा कम वा बढी पटक धड्कियो र त्यसले बिरामीलाई गाह्रो भयो भने हामी त्यसलाई मुटुको चालको गडबडी भन्छौं।
_x000D_
_x000D_
मुटुको चलमा गडबडी जुनै उमेर समूहका मानिसलाई हुन सक्छ। तर, उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ।
_x000D_
_x000D_
यस्तो समस्या कसैलाई जन्मजात हुन सक्छ भने कसैलाई मुटुमा संक्रमण भएर हुन सक्छ। हृदयघात वा अनियन्त्रि रक्तचापका कारण पनि मुटुको चालमा गडबडी आउन सक्छ। सुगर नियन्त्रण नभएका मान्छेलाई पनि यस्तो समस्या हुने गर्छ।
_x000D_
_x000D_
मुटुको चाल गडबडी भएको बिरामी आफैंलाई थाहा हुन्छ। बिरामीलाई मुटुको चाल गडबड हुँदा गाह्रो महसुस हुन्छ।
_x000D_
_x000D_
लक्षण
_x000D_
_x000D_
– रिगँटा लाग्न सक्छ।
_x000D_
– मुटु ढुकढुक हल्लिने हुन्छ।
_x000D_
– कोही रिगँटाले गर्दा बिहोस पनि हुन्छन्।
_x000D_
– कसैलाई छाती दुख्ने हुन्छ।
_x000D_
_x000D_
यस्ता लक्षण देखिए भने तुरुन्तै नजिकैको अस्पतालमा गएर ‘इसिजी’ गराउनुपर्छ। इसिजी गरेपछि वास्तविक समस्या के हो भन्ने पत्ता लाग्छ।
_x000D_
नेपालमा यो रोगको उपचार शहीद गंगालाल हृदय केन्द्रमा मात्र सम्वभ छ। गंगालालमा पनि केही डाक्टरले मात्र मुटुको चाल गडबडी सम्बन्धी उपचार गर्छन्। नेपालभरिबाट बिरामी रिफर भएर आउँछन्। त्यसैले गंगालालमा यस्ता बिरामीको चाप अत्याधिक छ।
_x000D_
_x000D_
कारण
_x000D_
_x000D_
– कसैलाई जन्मजात हुन्छ।
_x000D_
– जन्मजात मुटुले करेन्ट प्रवाह गर्न सकेन भने वा धेरै करेन्ट प्रवाह गर्यो भने पनि मुटुको चाल कम हुन्छ।
_x000D_
– मुटुको संक्रमण हुँदा।
_x000D_
– हृदयघातपछि पनि मुटुको चालमा गडबडी हुन सक्छ।
_x000D_
– सबैभन्दा धेरैलाई हुने भनेको उमेरका कारणले गर्दा हो।
_x000D_
– उमेर बढी भएको मान्छेलाई मुटुको चाल कम पनि हुन सक्छ र बढी पनि हुन सक्छ। उच्च रक्तचाप बढी भयो भने वा लामो समयसम्म नियन्त्रण भएन भने मुटुको चालमा गडबडी आउँछ।
_x000D_
मुटुको चाल गडबड हुन नदिन कतिपय कुरा हामीले नियन्त्रण गर्न सक्छौं, कतिपय सक्दैनौं।
_x000D_
_x000D_
मुटुको चालमा गडबड हुन नदिन हामीले मुख्य कुरा त मुटुको रोग लाग्न दिनु भएन। त्यसकालागि खानपिनमा ध्यान दिनुपर्छ।
_x000D_
_x000D_
– धूमपान नगर्ने,
_x000D_
– मध्यपान नगर्ने,
_x000D_
– रक्तचापलाई नियन्त्रणमा राख्ने,
_x000D_
– सुगर कन्ट्रोलमा गर्नुप¥यो,
_x000D_
– मोटोपन छ भने तौल घटाउने,
_x000D_
– नियमित व्यायाम गर्ने,
_x000D_
– खानपिनमा धेरै चिल्लो पदार्थहरु खानु भएन
_x000D_
– नुन धेरै सेवन गर्नु हुँदैन।
_x000D_
_x000D_
यी उपाय अपनाउँदा मुटुको चाल गडबड हुनबाट जोगाउन सकिन्छ।
_x000D_
_x000D_
उमेरसँगै मुटुको चालमा आउने गडबडी र जन्मजात हुने समस्यालाई भने हामीले नियन्त्रण गर्न सक्दैनौं।
_x000D_
_x000D_
मुटु सम्बन्धी रोग महिलालाई भन्दा पुरुषलाई बढी देखिनेगर्छ। महिलामा उत्पन्न हुने हार्मोनका कारण पुरुषका तुलनामा महिलालाई मुटु रोगको जोखिम कम हुन्छ। तर, महिनावारी बन्द भइसकेपछि भने महिला र पुरुषमा मुटुरोगको जोखिम बराबरी जस्तै देखिन्छ।
_x000D_
_x000D_
(मुटुरोग विशेषज्ञ डा रावत शहीद गंगालाल हृदय केन्द्रमा कार्यरत छन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।