सोल- विद्युतीय सामग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजीनामा दिएका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफूले नसक्ने बताउँदै नयाँ युवालाई अवसर दिन पद त्याग गरेको घोषणा गरेका छन्।
पदत्याग गर्नेबारे आफूले केही समय अघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ।
उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ।
दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्बन्धित झन्डै ६० वटा कम्पनी रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ।
सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उनको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।