नेपाली मोडलिङ क्षेत्रमा कुनै समयको चर्चित नाम हो प्रकृति श्रेष्ठ। ‘को होला त्यो’, ‘हेलो हनीबनी’ जस्ता म्युजिक भिडियोमार्फत दर्शकमाझ चर्चा कमाएकी अभिनेत्री प्रकृति पछिल्लो ४ वर्सदेखि अस्ट्रेलिया बस्दै आएकी छन्।
_x000D_
_x000D_
फिल्म ‘होस्टेल’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रकृतिले ‘उत्सव’, ‘आभास’, ‘जिन्दगी रक्स’ हुँदै सर्ट फिल्म ‘सुभारम्भ’ मा अभिनय गरिन्। फिल्म उद्योगमा उत्साहजनक उपस्थिति हुँदाहुँदै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी प्रकृतिको बसाइ विवाहपछि नेपाल भन्दा बढी अस्ट्रेलियामा हुँदै आएको छ।
_x000D_
_x000D_
अस्ट्रेलिया गएपछि उनको पेशा परिवर्तन भएको छ। रहरहरु फेरिएका छन्। मोडल/अभिनेत्री भन्दा पनि डेन्टल नर्सका रुपमा स्थापित छन् उनी। डेन्टल नर्सिङ पेशालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको दृढसंकल्प छ।
_x000D_
_x000D_
अस्ट्रेलियमा सुरुका दिन कस्टोमर केयर सेन्टरमा काम गरेकी प्रकृतिलाई नेपाली ग्राहकले हैरान पार्थे। सम्झन्छिन्, ‘उनीहरु मलाई देखेपछि फलानो हो ?, फलानो गीतको मोडल होइन ? जस्ता प्रश्नहरु सोधिरहन्थे।’
_x000D_
_x000D_
यस्तै विविध कारणले उनले पेशा परिवर्तन गरिन्। रोजाइको विषय बन्यो डेन्टल नर्सिङ। आफ्नो क्षमता र रुचिअनुसार प्रकृतिले श्रीमान्सँगको सल्लाहमा डेन्टल नर्सिङको अध्ययन पूरा गरिन्। त्यसपछि उनी अभिनेत्री प्रकृतिबाट डेन्टल नर्स प्रकृति बनिन्।
_x000D_
_x000D_
कामको स्तर, प्रतिस्ठा, सन्तुस्टि र आम्दानीका हिसाबले अस्ट्रेलियामा डेन्टल नर्सको स्थान राम्रो रहेको उनी बताउँछिन्। अझ औपचारिक रुपमै डेन्टल अध्ययन गरेका डाक्टरहरुको स्थान धेरै राम्रो रहेको प्रकृतिको बुझाइ छ। उनले डेन्टल नर्स बन्नका लागि मात्र ४ महिने तालिम लिएकी छन्।
_x000D_
_x000D_
तर, अहिले उनी आफ्नो कामप्रति सन्तुस्ट रहेको बताउँछिन्। करिअरमा एक स्वास्थ्यकर्मीका रुपमा सेवा गर्ने सपना डेन्टल नर्स पेसाले पूरा गरिदिएकोमा उनी दंग पनि छिन्। यही पेसालाई अझ व्यावसायिक बनाउन अन्य एड्भान्स डेन्टल कोर्सका लागि जुट्ने तयारीमा छन् प्रकृति।
_x000D_
_x000D_

_x000D_
_x000D_
पेसाले डेन्टल नर्स भए पनि उनको अभिनय मोहमा कुनै कमी देखिंदैन। केही दिनअघि दुई हप्ताको बिदा लिएर नेपाल आएकी प्रकृतिले स्वास्थ्य खबरपत्रिकासँग भनिन्, ‘अनलाइन, यू–ट्यूवलगायत सामाजिक सञ्जालमा मेरा शुभचिन्तकहरुले दिएको माया, साथ र हौसलाले केही गरौं भन्ने लागिरहन्छ।’ विवाहपछि फिल्ममा नदेखिएकी प्रकृतिको उपस्थिति म्युजिक भिडियोमा भने कायमै छ।
_x000D_
_x000D_
आफूसँगै अभिनय यात्रा प्रारम्भ गरेका साथीहरुको क्रेज बजारमा सुन्दा र आफ्नो अवस्था देख्दा खल्लो महसुस हुने पनि बताइन् प्रकृतिले। अस्ट्रेलियामा बस्दा अभिनयको च्याप्टर पूर्ण रुपमा बन्द गरेकी छैनन् किनभने उनमा अभिनयको प्यास अझै बाँकी छ।
_x000D_
_x000D_
डेन्टल नर्स प्रकृति सुन्दर छिन्। यो सुन्दरताको राज भने उनी आफैंलाई थाहा छैन। हाँस्दै भन्छिन्, ‘म राम्री हुनुको राज मलाई भन्दा पनि मेरो बाबा–ममीलाई सोध्नुपर्ला।’ तर मानसिक र शारीरिक रुपमा स्वस्थ्य र सुन्दर रहन भने सबैले आफ्नो दैनिक खानपान र कार्यतालिकालाई ध्यान दिनुपर्ने उनको बुझाइ छ। यही मानसिकताका कारण प्रकृति बाहिर पकाइएका र रेडिमेड परिकार खान रुचाउँदिनन्।
_x000D_
_x000D_
‘म प्रायः अस्ट्रेलियामा रहँदा, बाहिर निस्कँदा या ट्रिपमा जाँदा सकेसम्म आफ्नै किचेनका परिकार खाने प्रयास गर्छु,’ उनले सुनाइन्।
_x000D_
_x000D_
आफू प्राकृतिक रुपमै सुन्दर रहेको भन्न रुचाउने प्रकृतिले फिटनेस, जिमलगायतका व्यायाम अहिलेसम्म गरेकी छैनन्। ‘म आफ्नो शारीरिक बनावटबाट खुसी छु। मैले फिल्ममा अभिनय गर्ने क्रममा पनि कुनै प्रकारको शारीरिक व्यायाम गर्नु परेन,’ उनी भन्छिन्। कहिलेकाहिं डान्स क्लास भने लिएको उनले जानकारी दिइन्।
_x000D_
_x000D_
बढ्दो उमेरसँगै अनुहारमा आएको सामान्य परिवर्तनले भने केही चिन्तित छन् प्रकृति। हल्का मेकअपमै चमक देखिने अनुहारमा आजभोलि भने केही फुस्रोपन महसुस गर्न थालेकी छिन्। भन्छिन्, ‘अब भने उमेरगत परिवर्तनको विसयलाई गहन रुपमा सोच्नुपर्ने बेला आए जस्तो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।