नुवाकोट– २०७२ को विनासकारी भूकम्पबाट मृत्यु भएकाहरुको सम्झनामा नुवाकोटको विदुर नगरपालिका–४ को हावाघर परिसरमा निर्माण हुने भूकम्पपिडित स्मारक निर्माण गर्न गोयनका गुप्रले ९ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ।
_x000D_
_x000D_
शुक्रबार गोयनका स्टिल्स प्रालिले ६ लाख ३० हजार २ सय ५८ रुपैया ७० पैसा र गोयनका सिमेन्ट प्रालिले २ लाख ८५ हजार ७ सय ७० रुपैयाँ नुवाकोट उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको हो। नुवाकोट उद्योग वाणिज्य संघ र गोयनकाको सहयोगमा हावाघर परिसरमा बन्ने भनिएको स्मृति पार्क निर्माणको लागि उत्त सहयोग उपलब्ध गराइएको गोयनका गु्रपका महाप्रबन्धक विनोद अधिकारीले बताए।
_x000D_
_x000D_
नुवाकोट आफूहरुको ठूलो बजार क्षेत्र रहेको र त्यसको फलस्वरुप नुवाकोटमा बिक्री भएको सिमेन्टको प्रतिबोरा एक रुपैया र डन्डीको प्रतिकेजी १० पैसा संकलन गरी पार्क निर्माणमा सहयोग गरेको अधिकारीले जानकारी दिए।
_x000D_
_x000D_
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गोयनकाको सहयोगले भूकम्पपीडितको नाममा स्मृति पार्क निर्माणमा आफूहरु उत्साहित भएको भन्दै स्मृति पार्कले भावी सन्ततिलाई इतिहासको बारेमा जानकारी दिने दाबी गरे। अध्यक्ष कार्कीले स्मृति पार्कमा भुकम्पबाट ज्यान गुमाएका व्यक्तिको नाम र ठेगाना मात्र नभई सम्पूर्ण घाइतेहरुको समेत विवरण राखिने स्पष्ट पारे।
_x000D_
_x000D_
कार्यक्रममा नुवाकोट जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले भूकम्पपीडितको नाममा बन्न लागेको स्मृति पार्कले भावी पुस्तालाई सिक्ने अवसर प्रदान गर्ने बताइन्।
_x000D_
_x000D_
भूकम्पमा परी नुवाकोटमा १ हजार १ सय १२ जनाले ज्यान गुमाएका थिए। स्मारक निर्माण कार्य तिहारलगत्तै थाल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।