काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती नगरिएको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन बिषयक कार्यक्रममा पौडेलले केहि हजार साना आयोजनाहरु कटौतिमा परेपनि चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती नगरिएको बताएका हुन्।
उनले आयोजनाहरु अलपत्र हुने अवस्थालाई अन्त्य गर्दै कार्यान्वयनका लागि तीन करोडको सीमा राखिएको स्पष्ट पारे।
बजेट अनुशासनका निम्ति तीन करोडको सीमा महत्वपूर्ण रहेको बताउँदै संवेदनशील भूवनोट तथा सवारी चाप भएको स्थानमा दिगो पूर्वाधार निर्माणतर्फ काम अघि बढाउने जिकिर गरे।
पौडेलले सार्वजनिक खरिद नियामावलीमा भएको १४ औं संशोधनले केहि समस्या समाधान भएपछि पूर्ण नभएकाले निर्माण क्षेत्रमा देखिएका समस्याहरुलाई दिर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।
उनले निर्माण समाग्रीको अभावका कारण आयोजना समयमा नै सम्पन्न नहुने अवस्था अन्त्य गर्न खानीजन्य र नदिजन्य सामाग्री उत्खनन, प्रशोधन र उपयोग गर्दै बाँकी रहे निर्यात गर्ने सरकारको नीति रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।