काठमाडौं– मंगलबार सेयर बजारमा पहिरो गएको छ।
साताको पहिलो कारोबार दिन सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३५ अंकले गिरावट आएको हो।
योसँगै मंगलबार सेयर बजार २६५९ विन्दुमा पुगेर बन्द भएको छ। कारोबार रकम आज भारी गिरावट आएको छ। सोमबार सवा नौ अर्ब बराबरको सेयर कारोबार भएको थियो भने आज जम्मा साढे ६ अर्बको मात्रै कारोबार भएको हो।
आज कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र पुरे इनर्जी लिमिटेडको सेयरमा सर्किट लागेको हो।
यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट सप्तकोशी विकास बैंक रहेको छ। जम्मा ३४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २१४ कम्पनीको मूल्यमा गिरावट आएको छ।
यसैगरी सबैभन्दा बढी राधी विद्युत कम्पनी लिमिटडको सेयर ६० करोडभन्दा बढी मूल्य बराबरको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।