नयाँ दिल्ली (एजेन्सी)– भारतको सबैभन्दा पुरानो र लामो समय सत्तामा रहेको राष्ट्रिय कांग्रेसको अध्यक्षमा छिट्टै राहुल गान्धी नियुक्त हुने भएका छन्। यसको घोषणा कांग्रेस पार्टीकी अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीले गरेकी छिन्।
भारतको एक टेलिभिजनसँग विशेष कुराकानी गर्ने क्रममा उनले राहुललाई नेतृत्व सुम्पिने बेला आएको स्पष्ट पारिन्।
सोनियालाई यो प्रश्न धेरै वर्ष अगाडिदेखि सोधिँदै आइएको थियो। उनले हाल गुजराज र हिमाञ्चल प्रदेशको विद्यान सभा निर्वाचन भइरहेको र राहुल यसमा व्यस्त रहेको बताउँदै उनलाई निर्वाचन सकिए लगत्तै ठूलो जिम्मेवारी दिने बताइन्।
राहुल हाल पार्टीको उपाध्यक्ष छन्। पार्टी भित्रैबाट उनलाई अध्यक्ष बनाउनु पर्ने आवाज धेरै अगाडिदेखि उठ्दै आइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।