काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन्।
_x000D_
_x000D_
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयलाई लिएर सभापति शशी श्रेष्ठको आलोचना भइरहेका बेला सभामुख महराले समितिहरुले हालसालै मात्रै काम सुरु गरेकोले आलोचना गर्न नहुने प्रतिक्रिया दिएका हुन्।
_x000D_
_x000D_
शुक्रबार दसैं, तिहार र छठ पर्वको अवसर पारेर दाङ–काठमाडौं पत्रकार समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले समितिले गृह र रक्षा मन्त्रालयको संवेदनशील विषयमा पत्रकारहरुलाई निषेध गरेर छलफल गर्नसक्ने प्रावधान रहेको पनि स्पष्ट पारे। तर, आमरुपमा भने पत्रकारहरुलाई कुनै पनि समितिले निषेध नगरेको र नगर्ने सभामुख महराले विश्वास दिलाए।
_x000D_
_x000D_
सभामुख महराले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विकास तथा प्रविधि समितिको निर्णयमाथि हस्तक्षेप गरेको भन्न नमिल्ने प्रतिक्रिया पनि दिएका छन्। महराले सरकारलाई आवश्यक निर्देशन दिने काम संसदीय समितिको स्वायत्त अधिकार भएको पनि स्मरण गराए।
_x000D_
_x000D_
बिहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकको निर्णय प्रक्रियामा मन्त्री बाँस्कोटाले हस्तक्षेप गरेका थिए। सभामुख महराले सो सम्बन्धमा आफूलाई विस्तृत जानकारी नभएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।