काठमाडौँ– नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने भएको छ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन्।
अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ। अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए। यो व्यवस्था अघिल्लो वर्षको बजेटमा उल्लेख भएको भए पनि कार्यान्वयन भएको भने थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।