काठमाडौं– कर्णाली करिडोरअन्तर्गत हुम्लासम्म पुग्ने राजमार्गका लागि सरकारले एक अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।
तर सुर्खेत हुँदै जुम्ला र मुगुसम्मको सडकका लागि भने उपेक्षा गरिएको छ । सबै सडक र करिडोरका लागि रकम नै छुट्याइए पनि यो सडकका लागि बजेटको व्यवस्था मात्र गरिएको तर कति भन्ने खुलाइएको छैन ।
साविक कर्णालीको मुख्य राजमार्गका रुपमा रहेको यो राजमार्ग स्तरोन्नतिका लागि स्थानीयले वर्षौंदेखि माग गर्दै आए पनि सरकारले अहिलेसम्म आवश्यक रकम दिन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।