काठमाडौं– काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गरिने भएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले सूचना प्रविधि क्षेत्रका डाटा सेन्टर स्थापना मध्यपहाडी क्षेत्रमा सम्भाव्यता अध्ययन गरिने बताए ।
उनले डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, विद्युत, सुरक्षा उपलब्ध गराइने जानकारी दिए ।
अर्थमन्त्री पौडेलका अनुसार एकीकृत डाटा सेन्टरको स्तर उन्नति गरिने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।