काठमाडौँ–सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
बजेट भाषणका क्रममा उनले हिमाल आरोही र पदयात्रीका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइने र पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास गरिने अर्थमन्त्रीले जानकारी दिए।
यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने अर्थमन्त्रीले बताए। यसैगरी त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा स्तरोन्नतीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।