काठमाडौँ–सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन्।
यस्तै उनले लगानी बोर्डको क्षमता वृद्धि गरिने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गरे। यस्तै उनले विदेशमा गरिने लगानीको व्यवस्था लगानी बोर्डमार्फत हुने बताए। उनले लगानी बोर्डमार्फत नै विशेष आर्थिक क्षेत्र निर्माण गरिने पनि बताए।
उनले निजी क्षेत्रसँगको सहकार्यमा मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम सञ्चालन गरिने बताउँदै अर्थमन्त्रीले सम्भावित क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।