दैलेख – पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य गणेशबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट दैलेख क्षेत्र नम्बर १ बाट २०६४ सालको संविधानसभा र त्यसअघि २०४८ तथा २०५१ को प्रतिनिधिसभा चुनावमा निर्वाचित खड्काको आज (बिहीबार) बिहान निधन भएको हो ।
क्यान्सर रोगसँग जुधिरहेका ८२ वर्षीय खड्कालाई काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार गराएर केही दिनअघि दैलेख सदरमुकामस्थित निवासमा लगिएको थियो । वि.सं. १९९९ सालमा दैलेखमा जन्मिएका खड्काले नेपाली कांग्रेस दैलेखको सभापतिका रुपमा लामो समय काम गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।