काठमाडौं – गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेको बेलामा सत्ता साँझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् ।
भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् । हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।
भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ । संसद बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अहिले सम्म सुरु हुन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।