काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए ।
त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिए । माओवादी उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटनामात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।
गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरिय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरुले सदन अवरोध गरेपछि आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित भएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।