काठमाडौँ –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति निरंकुशताको शुरूआत भएको टिप्पणी गरेका छन् ।
विराटनगरमा आज (मंगलबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको शुरूआत भएको टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जेठ १५ गते राजसंस्था पक्षधरको प्रदर्शनलाई लक्षित गरेर प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका थिए । जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने ओलीले बताएका थिए ।
कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको समेत उनले बताए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।