रूद्रप्रिया सुरू भएदेखी सो फिल्मलाई आफ्नो नयाँ परिक्षा बताउँदै आएकी अभिनेत्री रेखा थापाको फिल्म रिलिजका लागि अब केहि दिनमात्र बाँकी छ। उनको फिल्मले शुक्रबार बिहान सेन्सर पास भएपछि रेखा दंग परेकी छन्।
उन्सर बोर्डले उनको फिल्मलाई १६ वर्ष मूनिकाले अभिभावकको निगरानीमा हेर्ने प्यारेन्टल गाइडेन्सु (पिजी) सर्टिफिकेट दिएको छ। सेन्सरले कुनै पनि दृश्य र संवाद नकाटी जस्ताको तस्तै सेन्सर पास गरेपछि दंग परेकी हुन्।
उनी भन्छिन्- मेरा होमप्रोडक्सन फिल्मका कुनै न कुनै दृश्य सेन्सरबाट काट्ने सूचिमा पर्थ्यो तर यसपटक न दृश्य काट्नुपर्ने भयो न संवाद। यसले गर्दा म दंग परेकी हुँ। पहिला पहिला दृश्य काटिदा दु:ख लाग्थ्यो। यसपटक त्यो भएन।
शुक्रबार बिहान आफ्नी आमासहित सेन्सरका लागि विकास बोर्ड पुगेकी रेखा आमाले फिल्म मनराएपछि थप दंग परेकी छिन् रे। उनले भनिन्- पहिलेका मेरा फिल्ममा एक्सन हेरने बानी परेको मेरी आमालाई यस पटक गरेको भूमिका थप मनपर्यो। उहाँ फिल्म हेरेर रूनुभयो।
रेखाले आमासँगै फिल्मका आफ्ना साझेदार रमेश एमके पौडेल पनि फिल्म हेरेर भावुक बनेको बताइन। भनिन- उहाँ मेरो नाममा विश्वस्त हुँदै लगानीकर्ता बन्नुभएको थियो। उहाँलाई फिल्मको कथा के हो पूरा थाहा थिएन। उहाँ फिल्मले छोएर र राम्रो फिल्ममा लगानी गरेको रहेछु भनेर सेन्टिमेन्टल बन्नुभयो।
रेखाले सेन्सर सदस्यहरूले धेरैपछि फरकशैलीको मनछुने नेपाली फिल्म हेर्न पाएकोमा आफूलाई सफलताको शुभकामना दिएको बताइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।