• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कमल ज्ञवाली प्रकरण : पैसाको अति महत्वाकांक्षाले तासको घरझैं पतन

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  ००:२९
1140x725

काठमाडौं– २०६५–०६६ साल वरपर अत्याधिक सफल बैंकरको नाम थियो कमल ज्ञवाली। उनको शैलीलाई अनुसरण गर्नुपर्छ भन्दै सबैतिरबाट प्रशंसा हुन्थ्याे। तर कुनै समयका तिनै 'सफल' बैंकरलाई प्रहरीले बैकिङ कसुरको फरार अपराधीको रुपमा २ वर्ष पछ्याएर बिहीबार पक्राउ गर्‍यो।

_x000D_ _x000D_

गुल्मीबाट काठमाडौ झरेको एक सामान्य परिवारका ज्ञवाली कुनै समय नेपालकै महँगो गाडी चढ्ने र हेलिकोप्टरबाट बैंकको शाखा कार्यालयहरु भिजिट गर्नेमा पर्दथे । तर उनी बिहीबार नै बैंकिङ कसुरका अभियुक्तको रुपमा जेल चलान भइसकेका छन्।

_x000D_ _x000D_

उनी त पक्राउ परे तर सोही अभियोगमा उनकी श्रीमती अझै फरार छिन्।

_x000D_ _x000D_

कुनै समय बैंकिङ क्षेत्रका उदाहारण मानिन्थे ज्ञवाली। उनको अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भएको थियो। त्यसलाई स्तरोन्नति गरी २०६६ मा किष्ट बैंक बनेको थियो।

_x000D_ _x000D_

ज्ञवालीले किष्टलाई सबैभन्दा बढी शाखा (५१ वटा) भएको बैंकमा रुपान्तरण गराएका थिए। ३० वाणिज्य बैंकको भिडमा टप टेनमा किष्ट बैंकको नाम छुट्दैनथ्यो।

_x000D_ _x000D_

हरेक दिन उनले नयाँ अफरको घोषणा गर्ने गरेका थिए । तर उनको यो चर्चा तीन वर्षमै बदनामको बाटोमा हिंड्यो । सुरुमा नाम, त्यसपछि गुमनाम अनि बदनामहुँदै फरार अपराधीको रुपमा पुर्‍यायो ज्ञवालीलाई।

_x000D_ _x000D_
_x000D_

१० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा ज्ञवालीले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए। त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो।

_x000D_
_x000D_ _x000D_

ज्ञवालीको पतन जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि शुरु भयो । किष्टको प्रबन्ध सञ्चालक रहेकै अवस्थामा उनी सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयरधनी समेत थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली उच्च शिक्षा अध्ययनका लागि ०५२ सालमा १० हजार रुपैयाँ बोकेर काठमाडौं आएका थिए। उनीद्वारा लिखित ‘कर्म’ नामक आत्मकथाको पुस्तकका अनुसार, त्यसपछि उनले पढाइसँगै काम गर्न थाले। सुरुमा पढाउँथे पछि नयाँ सोच लिएर वित्तीय क्षेत्रमा हाम फाले।

_x000D_ _x000D_

ज्ञवालीले ०५९ सालमा ५ करोड रुपैयाँमा किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोलेका थिए।  त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब चुक्ता पुँजी पुर्‍याउँदै ०६६ साल वैशाख २४ गते ‘क’ वर्षको वाणिज्य बैंक अर्थात् किष्ट बैंक उनै ज्ञवालीले बनाए।

_x000D_ _x000D_

१० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए। त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा  थियो। यही बीचमा किष्टले हकप्रद सेयर दिने अफर सुरु गर्‍यो, जसले किष्टको सेयर मूल्य बढायो। उनी सञ्चालक समिति र व्यवस्थापन समिति दुवैको कार्यकारी प्रमुख थिए ।

_x000D_ _x000D_

१० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए ।

Xtrem

Xtrem
_x000D_ _x000D_

ज्ञवालीका पछि लाग्दा ७ जना फसे

_x000D_ _x000D_

पुनरावेदन अदालत पाटनले कम मूल्यांकनको जग्गा धितो राखी ऋण प्रवाह र अपचलन मुद्दामा ज्ञवालीसहित ९ जनालाई दोषी ठहर गर्‍यो।

_x000D_ _x000D_

वाणिज्य इजलासले बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली, ऋणी किशोर ढकाल, जमानीकर्ता देवकी बस्ताकोटी र मूल्यांकनकर्ता कोमानन्द अधिकारीलगायतले मिलेमतोमा बैंक ऋण अपचलन गरेको ठहर्‍यायो ।

_x000D_ _x000D_

सिइओ ज्ञवालीलाई ४ करोड २७ लाख रुपैयाँ जरिवाना र चार वर्ष कैद, ऋणी ढकाल र जमानीकर्ता बस्ताकोटीलाई समेत मुख्य दोषी ठहर गर्दै चार वर्ष कैद र ४ करोड २७ लाख जरिवाना असुलउपर गर्न आदेश गर्‍यो।

_x000D_ _x000D_
_x000D_

ज्ञवाली निम्न मध्यमवर्गबाट आएका थिए। उनी आफैंले यथेष्ट पैसा चलन गर्न नपाएकाले भावी पुस्ताले त्यस्तो दुख नपाओस् भन्दै उनले पैसालाई मुख्य लक्ष्य बनाए। कुनै पनि सर्तमा पैसा छाप्नुपर्ने उनको तर्क रहन्थ्यो।

_x000D_
_x000D_ _x000D_

याधीशद्वय किशोरकुमार सिलवाल र चण्डीराज ढकालको संयुक्त इजलासले ज्ञवाली, ढकाल र बस्ताकोटीलाई बैंकिङ कसुरमा दोषी ठहर्‍याउँदै उनीहरूबाट दामासाही रुपमा १२ करोड ८० लाख ५० हजार बिगो भराउने र जनही ४ वर्ष कैद फैसला सुनायो। यस्तै मूल्यांकनकर्ता कोमानन्द अधिकारीलाई २ करोड ३६ लाख जरिवाना र चार वर्ष कैद हुने फैसला भयो। 

_x000D_ _x000D_

अदालतले उक्त मुद्दामा बैंकका तत्कालीन सहायक महाप्रबन्धक बालनरसिंह घर्ती, व्यवस्थापन समूहका प्रगुण श्रेष्ठ, मधुसुदन शर्मा र ईश्वर गुरुङलाई पनि जनही दुई वर्ष कैद फैसला ग¥र्यो ।

_x000D_ _x000D_

अभियोग खेपेर सफाइ पाउनेहरु

_x000D_ _x000D_

ज्ञवालीको कारण बैंकका धेरै कर्मचारीले मानसिक तनाव समेत खेपे। उनीहरुले उच्च अदालत पाटनमा करिब २ वर्षसम्म मुद्दाको तारेख धाए। २०६३ जेठमा आएर उनीहरुले त्यसबाट सफाइ पाए।  प्रतिवादी बनाइएका कर्मचारीहरू मञ्जयराज पाण्डे, बालकुमार पाण्डे, प्रकाशराज पन्त, श्यामसुन्दर ढकाल, प्रदीप खनाल, सबिना उपाध्याय, रेणुप्रसाद पाण्डे, विमल सापकोटा, सुमित अर्याल, वामदेव नेपाल, सुनयन शाक्य, नवीन राई, मेरु जोशी, मुकुन्द सुवेदी र प्रकाश बराललाई उच्च अदातलको बाणिज्य इजलासले सफाइ दिएको थियो।

_x000D_ _x000D_

श्रीमतीलाई समेत अपराधी बनाए

_x000D_ _x000D_

ज्ञवाली महत्वकांक्षी व्यवसायी थिए। उनले समयसमयमा उक्त कुरा उल्लेख गर्ने गरेका थिए। पैसा कमाउने मेसिनको रुपमा आफूले योजना ल्याउनसक्ने उनको घमण्ड थियो। जुन घमण्डले उनलाई तत्कालीन समयमा अर्बपतिको रुपमा परिचित गरायो र अहिले बैकिङ कसुरको अपराधी पनि।

_x000D_ _x000D_

ज्ञवालीले उक्त अभियोगमा आफूमात्र बदनाम भएनन् श्रीमती गौरी खनाललाई समेत धकेले। श्रीमतीको नाममा समेत रकम निकालेर अपचलन गरेपछि उनीपछि उच्च अदालत पाटनको वाणिज्य इजलाशले दोषी ठहर गर्दै ३ वर्ष जेल र ६ करोड २५ लाख जरिवानाको फैसला सुनाएको थियो। उनी यही प्रकरणमा हालसम्म फरार नै छन्। कुनै समय कमल ज्ञवालीकी श्रीमतीको रुपमा हाइहाइ कमाएकी उनी अहिले प्रहरीको सर्वाधिक खोजीमा रहेको अपराधी भएकी छन् ।

_x000D_ _x000D_

अदालतले कमललाई चार वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना हुने २०७३ जेठ १४ गते फैसला गरेको थियो। त्यसको दुई वर्षपछि उनी प्रहरी फन्दामा परेका हुन्।

_x000D_ _x000D_

अति लोभ र महत्वकांक्षा तासको घरझैं ढल्यो

_x000D_ _x000D_

ज्ञवाली निम्न मध्यमवर्गबाट आएका थिए। उनी आफैंले यथेष्ट पैसा चलन गर्न नपाएकाले भावी पुस्ताले त्यस्तो दुख नपाओस् भन्दै उनले पैसालाई मुख्य लक्ष्य बनाए। कुनै पनि सर्तमा पैसा छाप्नुपर्ने उनको तर्क रहन्थ्यो।

_x000D_ _x000D_

ज्ञवालीको उक्त महत्वकांक्षालाई सहयोग गर्ने माध्यम थियो घर जग्गा कारोकार । ०६२/०६३ ताका काठमाडौंमा घरजग्गाको भाउ चल्तीमा रहेको थियो। उक्त व्यवसाय आफ्नो महत्वकांक्षा पूरा गर्ने एकमात्र माध्यम भएको उनले बुझेका थिए। त्यसैलाई उनले आफ्नो लक्ष्य पूरा गर्ने अभिष्ट ठाने र लगानी गर्न थाले ।

_x000D_ _x000D_

यही योजनाअनुसार उनले किष्ट बैंकलाई घरजग्गाको लगानीमा अग्रसर बनाए। देशभरका ५१ शाखाबाट जम्मा गरेको रकम काठमाडौंका घरजग्गामा लगानी किष्ट बंैकले गर्न थाल्यो। देशभरका शाखाबाट रकम जम्मा गर्ने र काठमाडौंमा घरजग्गामा लगानी थाले।

_x000D_ _x000D_

घरजग्गाको लगानी अनुत्पादक हो भन्ने थाहा हुदाँहुँदै बैंकहरुको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंंक मौन बस्यो। तर त्यसको आलोचना हुन थालेपछि गभर्नर विजयनाथ भट्टराईको पालामा राष्ट्र बैंकले ०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरुलाई परिपत्र गर्‍यो ।

_x000D_ _x000D_

राष्ट्र बैंकको त्यही परिपत्रपछि घरजग्गा करोबारमा मन्दी आयो र ज्ञवालीको महत्वाकांक्षी योजना तासको पत्ताझैं भत्कन थाल्यो। उनी तत्काल  पछाडि हट्न नसक्नेगरी घरजग्गा कारोबारमा फसेका थिए, जसले गर्दा आउँदो मन्दीको भेउ पाउन सकेनन्। ज्ञवालीको ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी थियो ।

_x000D_ _x000D_

०६६ पछि घरजग्गाको कारोबार ठप्प हुनेतर्फ उन्मुख भयो। सेयर बजार अवस्था पनि त्यहीअनुसार ओलारो लाग्न थाल्यो।  

_x000D_ _x000D_

ज्ञवाली एकमात्र आसमा बसे घर जग्गा र शेयरको समस्या सुल्झने र पुन बजार उठ्ने। तर उनको त्यो आस पूरा हुने अवस्थामा थिएन। आफूसँग भएको सेयर र घरजग्गा बेचेर त्याे बेलै ऋण सल्टाएको भए हुने थियो, तर उनी त्यसमा नलाग्दा फरार हुनुपर्ने अवस्थासम्म पुगे।

_x000D_ _x000D_
_x000D_

उनले ०६७ असारमा श्रीमती गौरी समेत संलग्न रहेको जम्को प्रकाशनको नाममा किष्टबाट साढे १५ करोड रुपैयाँ ऋण दिए। ऋण लिने व्यक्ति थिए जम्कोका सञ्चालक किशोर ढकाल। तर, त्यो ऋणको आधाभन्दा बढी रकम ज्ञवालीले नै चलाए। 

_x000D_
_x000D_ _x000D_

उनले ०६७ असारमा श्रीमती गौरी समेत संलग्न रहेको जम्को प्रकाशनको नाममा किष्टबाट साढे १५ करोड रुपैयाँ ऋण दिए। ऋण लिने व्यक्ति थिए जम्कोका सञ्चालक किशोर ढकाल। तर, त्यो ऋणको आधाभन्दा बढी रकम ज्ञवालीले नै चलाए। यत्तिले पनि संकट टरेन। उनी झन् संकटमा फस्दै गए।

_x000D_ _x000D_

२०६७ भदौमा जम्कोको सोही सम्पत्ति धितो राखेर सिद्धार्थ डेभलपमेन्ट बैंकबाट उनै ढकालको नाममा १३ करोड रुपैयाँ ऋण लिएर चलाए। सो बैंकका अध्यक्ष शेखर अर्याल सिइओ दिपेन्द्र कार्की ज्ञवालीका नजिकका मान्छे थिए।  त्यसरी लिएको ऋण घरजग्गामा खाएको घाटा पूर्ति गर्न खर्च गरे। तर, घरजग्गाको व्यवसायले गति लिन नसकेपछि उनी अन्ततः बैकिङ कसुरमा फसे।

_x000D_ _x000D_

ज्ञवालीकै सिफारिसमा किष्टले प्रवाह गरेका ऋणहरुमा समस्या देखिएपछि सञ्चालक समितिले उनलाई ६ महिनामा ऋण असुल गर्न मौका दियो, त्यसमा उनी असफल भए।

_x000D_ _x000D_

यसरी भयो पतन

_x000D_ _x000D_

ज्ञवालीले सिद्धार्थबाट लिएको ऋणको साँवा ब्याज तिर्न नसकेको समयमा उनीमाथि राष्ट्र बैंकमा बंैकको कर्जा दुरुपयोगको उजुरी दर्ता भयो। उक्त उजुरीलाई आधार मान्दै राष्ट्र बैंकले ०६९ मा उनीमाथि छानबिन गर्दा १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको रहस्य खुल्यो। राष्ट्र बैंकले जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दियो। सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना समेत गर्‍यो।

_x000D_ _x000D_
_x000D_

उनले सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष शेखर अर्याल र सीइओ दिपेन्द्र कार्कीलाई डुबाए। क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स डुब्यो। त्यसका प्रबन्ध सञ्चालक पवनकुमार कार्की डुबे। नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स  र त्यसका कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठ पनि डुबे।

_x000D_
_x000D_ _x000D_

उनीको साक्षी बसेका ढकालमाथि बैंकिङ कसुरअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान थाल्यो। बयानका क्रममा ढकालले उक्त रकम ज्ञवालीले नै चलाएको र आफू त ऋणीमात्र भएको बयान दिए। ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि २०७० जेठ २२ मा ज्ञवाली पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाटै प्रहरीले पक्राउ गर्‍यो। कमल भेटिएनन्। गौरीलाई केही समयपछि धरौटीमा छुटिन र फरार भइन्।

_x000D_ _x000D_

क-कसलाई फसाए

_x000D_ _x000D_

आफ्नै निकट साथी तथा सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष शेखर अर्याल र सीइओ दिपेन्द्र कार्कीलाई पनि डुबाए।

_x000D_ _x000D_

किष्ट मोडेलमै काम गर्न थाल्दा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स डुब्यो। त्यसका प्रबन्ध सञ्चालक पवनकुमार कार्की डुबे। नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स डुब्यो । त्यसका कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठ डुबे। जुन–जुन संस्थामा सञ्चालकहरु नै व्यवस्थापनमा हावी भए, ती संस्थाको संस्थागत सुशासन कमजोर भएको देखिन्छ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ००:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्