काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले आज सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सर्वोच्चको आदेशपछि उत्पन्न परिस्थितिकाबारे छलफल गर्न बैठक बोलाएको जनाएको छ । यस्तै केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालयमा बोलाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।