काठमाडौं –बिहीबार नेपाल मानव अधिकार संगठनले आयोजना गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर’ विषयक नागरिक स्तरीय छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी थिए ।
कार्यक्रममा भट्टराईले द्वन्द्वकालमा भएको मानव क्षति, त्यसको जिम्मेवारी र अहिलेको संक्रमणकालीन न्याय प्रक्रियाको सन्दर्भमा धारणा राखेका थिए । तर उनको भनाइपछि कार्यक्रममा विवाद उत्पन्न भएको थियो, जसपछि उनी कार्यक्रमको बीचमै उठेर निस्किए ।
उनले अन्य देशमा ठूला क्रान्ति हुँदा वा द्वन्द्व हुँदा लाखौं मारिएका तर नेपालमा १७ हजारमात्रै मारिएको बताएपछि द्वन्द्व पीडितहरु आक्रोशित भए । सार्वजनिक एक भिडियोमा उनको अभिव्यक्तिपछि एक द्वन्द्वपीडितले आक्रोश पोखेको देखिन्छ । त्यसछि आक्रोशित भएका भट्टराई पनि बीचमै कार्यक्रमस्थलबाट बाहिरिएका थिए । अर्का एक सहभागीका अनुसार ती द्वन्द्व पीडितले भट्टराईलाई ‘हत्यारा’ समेत भनेपछि स्थिति असहज बनेको थियो ।
त्यसपछि हतार हतार गर्दै भट्टराईलाई उनका सहयोगीहरुले बाहिर निकालेका थिए । भट्टराईले सशस्त्र द्वन्द्व राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताए ।
भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेनागरी दुईथरी सेना रहेको र उनीहरुको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।