काठमाडौं– आन्तरिक तयारी नपुगेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सारिएको छ।
_x000D_
_x000D_
विधान मस्यौदा समितिले तयार गरेको विधानमाथि आन्तरिक छलफल गर्नका लागि बैठक सारिएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए।
_x000D_
_x000D_
केन्द्रीय कार्य समितिको आज बस्ने भनिएको बैठक सोमबार दिउँसो एक बजेको लागि सारिएको छ।
_x000D_
_x000D_
अनुशासन र कार्य सम्पादन समिति गठनका लागि भदौ २८ मा बोलाइएको बैठक विवादले स्थगन भएको थियो।
_x000D_
_x000D_
नेपाल विद्यार्थी संघको विधान तथा नियमावली पार्टीले अनुमोदन नगरिदिँदा संघको महाअधिवेशन अन्योलमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।