काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व पुगेका छन् । उनी नेतृत्वको टोलीले मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए । उनले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेकाले त्यस अनुसार उत्पादन बढाउन आफूहरु क्रियाशील भएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।