• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

शहरी विकासका इन्जिनियरको खातामा ६४ करोड, श्रीमान ‘डिल’ गर्ने श्रीमतीले उठाउने

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ००:२०
1140x725

काठमाडौं– एउटा सरकारी कर्मचारीको बैंक खातामा कति रकम जम्मा होला? सहज अनुमान गर्दा एक÷दुई वा दश लाख। अझै कतिपय कर्मचारीको भने बैंकमा खाता हुन्छ, त्यो पनि ऋणको। 

_x000D_ _x000D_

तर, सामान्य आँकलनभन्दा ठिक उल्टो हुने गरी एक शहरी विकास कार्यालयका सिनियर इन्जिनियरको खातामा अवैधानिक स्रोतबाट आर्जन भएको लाख हैन झन्डै झन्डै ६४ करोड रुपैयाँ फेला परेको छ।

_x000D_ _x000D_

केही समयअघि यस्तै प्रकृतिको एक घटनामा दुई वटा नगरपालिकामा लेखा अधिकृत भएका एक अधिकृतले दुई वर्षमा ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको थियो। लेखा अधिकृत रविन्द्रचन्द्र ढकालले दुई नगरका पैसा आफ्नो खातामा जम्मा गर्दै दुई आर्थिक वर्षकाबीचमा ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलेको थियो।

_x000D_ _x000D_

तर, उनलाई धेरै पछि पार्दै शहरी विकास कार्यालय, रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरको खातामा उक्त रकम भेटिएको हो।

_x000D_ _x000D_

विभिन्न जिल्लामा विभागीय प्रमुख भएका ठाकुरले उक्त रकम अवैधानिक रुपमा आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा देखिएको छ।

_x000D_ _x000D_

अख्तियार स्रोतका अनुसार ठाकुरले भवन निर्माणको स्वीकृति दिँदा देखि कार्यालयमा हुने काममासमेत अनधिकृत रुपमा रकम लिएर अकुत सम्पत्ति आर्जन गरेको देखिएको हो। ठाकुरले यसरी अकुत सम्पत्ति आर्जन गरेको रहस्य अख्तियारको एक ‘स्टिङ अप्रेसपन’पछि खुलेको हो।

_x000D_ _x000D_

अख्तियारको टोलीले विशेष सुराकीको आधारमा साउन १२ गते ठाकुरकी श्रीमतीलाई पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान हुँदा ठाकुरले ठूलो रकम अवैधानिक रुपमा आर्जन गरेको खुलेको हो। अख्तियारले एक व्यापारीसँग ५० लाख रुपैयाँको ‘डिल’ गरी घुस लिँदै गरेको सूचनाको आधारमा छापा मार्दा ठाकुरकी श्रीमतीलाई ३६ लाख ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको थियो।

_x000D_ _x000D_

नगद १२ लाख ५० हजार र २४ लाख रुपैयाको बैंक भौचर लिएर ठाकुरकी श्रीमती विरगन्जस्थित घरतर्फ जाँदै गर्दा हेटौंडाको मनहरी नजिकबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। ठाकुरकी श्रीमती भाडाको गाडीबाट विरगन्ज जाँदै गर्दा उनीसँगबाट नगदसँगै बैंक भौचर बरामद भएको र सोही प्रमाणको आधारमा सुरेश ठाकुरलाई पक्राउ गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख ठाकुरलाई भैरहवा बर्मेलीटोलबाट सोही दिन मध्यान्न पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुख दिनेश आर्चायले बताए।

_x000D_ _x000D_

विरगन्जमा इन्जिनियर पदमा कार्यरत ठाकुर २०७२ को भुकम्पपछी पदोन्नति भई रुपन्देही आएका थिए। पदोन्नति भएसँगै उनले भवन तथा शहरी विकास कार्यालयको प्रमुख इन्जीनियरका रुपमा रुपन्देहीका व्यापारी र ठेकेदारसँग रकम उठाउन थालेका हुन्।

_x000D_ _x000D_

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीमा भौतिक निर्माणको काम गर्ने गर्दछ। विशेषतः स्वास्थ्य, पुनर्निर्माण, नगरविकास लगायतका भौतिक पुर्वाधारका क्षेत्रमा काम गर्ने कार्यालय भएका कारण विभिन्न निर्माण व्यवसायीहरुसँगबाट ठाकुरले रकम संकलन गरेको अख्तियार स्रोतले जनाएको छ।

_x000D_ _x000D_

श्रीमान ‘डिल’ गर्ने श्रीमती उठाउने

Xtrem

Xtrem
_x000D_ _x000D_

ठाकुरले ठेकेदारसँग कम्तिमा ५० लाख रुपैयाँको डिल गर्ने र त्यसको असुलीका लागि श्रीमतीको प्रयोग गर्ने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

_x000D_ _x000D_

अख्तियारको बयानका क्रममा पनि उनले उक्त कुरा स्वीकार गरेका छन्। भवन निर्माणको ठेक्का दिएवापत ठेकेदारसँग आफूले पाउने रकम ‘डिल’ गर्ने र त्यसको भुक्तानीका लागि श्रीमतीको बैंक खाता प्रयोग गर्ने गरेको अख्तियारसँगको बयानमा उनले बताएका छन्। 

_x000D_ _x000D_

पक्राउ परेकै दिनमा पनि ठाकुरकी श्रीमती घुस लिएको रकम लिन पुगेकी थिइन्। नगद रकम बैंकमा जम्मा गरेर फर्किंदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।

_x000D_ _x000D_

दुवैलाई अकुत सम्पत्ति र भ्रष्टाचार मुद्दा

_x000D_ _x000D_

अख्तियारले श्रीमान्–श्रीमती दुवैलाई ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ अनुसार घुस लिई भ्रष्टाचार गरेको अभियोग लगाएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार र पदीय मर्यादा विपरित काम गरेको भन्दै अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्ने अख्तियारको तयारी छ।

_x000D_ _x000D_

दुई महिनाअघि पक्राउ परेका उनीहरु दुवैलाई ६४ करोड रुपैयाँ विगो कायम गर्दै ५ वर्षदेखि अधिकतम कैद सजाय माग गर्दै मुद्दा दायर गर्ने तयारी गरिएको छ। ठाकुरले कार्यालय प्रमुखको रुपमा गर्नुपर्ने दायित्वसमेत पालना नगरेकोले थप सजायको पनि माग गरिनसक्ने आयोगले जनाएको छ।

_x000D_ _x000D_

उनीहरु विरुद्धको अनुसन्धान अन्तिम चरणमा रहेकाले केही दिनमा मुद्दा दायर हुने अवस्थामा रहेको अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले बताए।

_x000D_ _x000D_

‘स्टिङ अप्रेसन’मार्फत खुलेको सबैभन्दा ठूलो भ्रष्टाचार

_x000D_ _x000D_

अख्तियारले ‘स्टिङ अप्रेसन’मार्फत घुस खाने कर्मचारी पक्राउ गर्ने कार्य सुरु भएपछिकै सबैभन्दा ठूलो विगोको रुपमा ठाकुर देखा परेको प्रमुख आयुक्त घिमिरेले दाबी गरे। ‘हामीले लाखसम्मको विगोका रुपमा धेरै संख्यामा त्यसमाथि दैनिक रुपमा समाउँदै आएका छौं। तर, ठाकुर करोडभन्दा माथिको भ्रष्टाचारमा समातिएका छन्।’, घिभिरेले भने। 

_x000D_ _x000D_

सुरुमा अख्तियारले पक्राउ गर्दा फेला पारेको रकमको आधारमा मात्र उनीमाथि मुद्दा अघि बढाउन अनुसन्धान गर्दा ठाकुरले अकुत सम्पत्ति आर्जन गरेको रहस्य खुलेको घिमिरेको भनाइ छ।

_x000D_ _x000D_

विगत दुई महिनादेखि श्रीमान–श्रीमती दुवै जना अख्तियारको हिरासतमा छन्। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर धरौटीमा रिहा गर्ने आदेश नभएसम्म उनीहरु थुनामा बस्नुपर्ने हुन्छ। 

_x000D_ _x000D_

अख्तियारले अनुसन्धानका लागि भन्दै उनीहरुको सबै सम्पत्तिसमेत रोक्का गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्