राजविराज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले सेवा गर्ने वाचा गरेर सत्तामा पुगेकाहरु यतिबेला जनतालाई करको दलदलमा डुबाउन उद्यत रहेको आरोप लगाएका छन्।
_x000D_
_x000D_
जनताको आर्थिक अवस्था र क्रय शक्तिको मुल्यांकन नै नगरी सरकारले जथाभावी कर लगाएको उनको आरोप छ।
_x000D_
_x000D_
बिहीबार राजविराजमा आयोजित नेपाल प्रेस युनियन सप्तरीको छैठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता महतले लोकतन्त्र संस्थागत गर्न मात्र नभई जनताको भलाई र विकासका लागि पनि प्रेसको आवश्यकता रहेको जिकिर गरे। उनले भने, ‘तर वर्तमान सरकारले यो कुरा बुझ्न सकेन।’
_x000D_
_x000D_
नेकपाको सरकारले प्रेसलाई नियन्त्रण गरेर आफू अनुकुल चलाउन खोजेको र सरकारको प्रशंसा नगर्ने विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको आरोप लगाए। ‘प्रेसलाई दबाउनु भनेको लोकतन्त्र समाप्त गर्नु हो। यो कांग्रेसलाई सह्य हुँदैन।’
_x000D_
_x000D_
कांग्रेसले प्रतिपादन गरेकै बाटोमा अहिलेका कम्युनिष्ट हिँडिरहेको पनि उनले दाबी गरे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।