काठमाडौं- सूचना, संचार तथा विज्ञान प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा अाफ्नै बारेमा समाचार लेख्न पत्रकारलाई चुनौती दिएका छन्। सरकारको आलोचनामा मात्र सञ्चारमाध्यमले समाचार लेखेको भन्दै उनले आफ्नै संस्थाका बारेमा समाचार लेख्न चुनौती दिएका हुन्।
_x000D_
_x000D_
‘श्रमजीवी पत्रकारको पारश्रमिक सरकारले सिफारिस गरेको छ’ तर त्यसको कार्यान्वयन नर्गन मिडियाका मालिक नै सरकारलाई दबाब दिन थालेका छन्’ उनले भने ‘कानुन पालना गर्दिन भनेर दबाब दिने र श्रमको ज्याला नपाउने विषयमा तपाईंहरु समाचार लेख्न सक्नुहुन्छ?
_x000D_
_x000D_
सरकारले समय सापेक्ष हुने गरी श्रमजीवी पत्रकारको तलब तोकेपनि मिडियाका मालिकका कारण सरकार दोहोरो दबाबमा रहेको बताए। समितिमा अधिकांश सांसदले श्रमजीवी पत्रकारका विषयमा प्रश्न सोधेपछि मन्त्री बाँस्कोटाले पत्रकारलाई समाचार लेख्न चुनौती दिएका हुन्।
_x000D_
_x000D_
‘तपाईहरु के लेख्नुहुन्छ, मलाई थाहा छ। किनकी, म पनि त्यही क्षेत्रबाट आएको हो। यो तपाईहरुले छाप्न सक्नुहुन्न। आधा घन्टाको समाचारमा २२ मिनेट विज्ञापन बजाउने मिडिया सरकारका विपक्षमा छन्’ उनले भने। सरकारी सञ्चारमाध्यममा लागू भएको तर नीजिमा लागू गर्दा बन्दै हुन्छ भनेर दबाब दिएका कारण समस्या भएको टीप्पणी उनले गरेका थिए।
_x000D_
_x000D_
‘अरुको बारेमा ठूला भँगेरा अक्षरमा लेख्ने, तर आफ्नो पीडा कहाँ पोख्ने?’ मन्त्री बाँस्कोटाले भने, ‘म बोलौं भने मन्त्री र सरकार अपराधी जस्ता भएका छन्। फेरी लोकतन्त्रमा संचारसंस्था बन्दै हुने गरी बढाउन मिल्दैन।’
_x000D_
_x000D_
दिगम्बर झाको नियुक्ति कानुन सम्मत
_x000D_
दूरसञ्चार प्राधिकरणमा नियुक्त भएका दिगम्बर झाका विषयमा समितिका सदस्यहरुले प्रश्न उठाएपछि त्यसको बचाउमा उनले मन्त्रालयले गरेको नियुक्ति लोकतन्त्रिक पद्धतिअनुसार नै भएको दाबी गरे। झा नियुक्ति गर्दा १० करोड लिएको भनी सञ्चारमाध्यमले मेरो बारेमा नकारात्मक समाचार लेखेको तर आफूले कुनै पनि पैसा नलिएको दाबी उनले गरे। अध्यारोमा तीर चलाएर नियुक्तिको विरोध गर्ने कार्य भएको भन्दै उनले आफू काममा विश्वास गर्ने भएकाले यस्ता समाचारले नडाराउने बताए।
_x000D_
_x000D_
‘व्यापारको आधारमा आउने समाचारबाट म प्रभावित हुन्नँ’ उनले भने, ‘यस्ता पैसा दिइएका समाचार आउदै गर्छन्, म काम गर्दै गर्छु।’
_x000D_
_x000D_
पोर्न साईटको सर्मथन किन?
_x000D_
सञ्चारमन्त्री बास्कोटाले समाजमा विकृति बढेकाले पोर्न साईट रोक्न खोज्दा समेत आफूमाथि खिसिट्युरी भएको भन्दै दुखेसो गरे। ‘श्रीमान्-श्रीमतीले हेर्ने साईट बन्द गराउ सरकार समेत भनियो’ उनले भने ‘के विकृति अन्त्य गर्ने दायित्व सरकारको मात्र हो?’
_x000D_
_x000D_
हालसम्म सञ्चार मन्त्रालयले १६ हजार पोर्न साईटहरु बन्द गरेको भन्दै यो कार्य निरन्तर जारी रहने बताए। समाजको नैतिक पतनको बाटोमा रहेको भन्दै उनले छोरीबुहारी समेत सुरक्षित नहुँदा बन्द हुने साइटमा सरकारलाई व्यंग्य गर्न आवश्यक नहुने टीप्पणी गरे।
_x000D_
_x000D_
टेलिकमका टावर विस्तार हुँदै
_x000D_
नेपाल टेलिकमको सेवा र गुणस्तर नभएको भनी सांसदहरुले सोधेको प्रश्नमा सञ्चारमन्त्री बाँस्कोटाले अब देशभर विस्तार हुने प्रतिबद्धता व्यक्त गरे।
_x000D_
_x000D_
पाँच वर्षभित्र नेपाल टेलिकमका ७ सय ३८ टावर राख्ने तयारी भइरहेको जानकारी उनले समितिमा गराए। हुलाकलाई नाफामा लैजाने कार्य भईरहेको उनले जानकारी गराए।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।