काठमाडौं– संसदको विकास समितिको बैठकपछि सभापति कल्याणी खड्काले निर्णय लेख्नेक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटाले हस्तक्षप गरेका छन्। बास्कोटालाई समसामयिक विषयमा छलफल गर्न समितिको बैठकमा बोलाइएको थियो।
_x000D_
_x000D_
बैठकमा सांसदहरूद्वारा दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएका दिगम्बर झा लगायतका विषयमा प्रश्न उठाएका थिए।
_x000D_
_x000D_
बैठकमा नेपाल टेलिकमको रिक्त महाप्रबन्धकको विषयलाई पनि सांसदहरुले उठाएका थिए। सभापति खड्काले अन्तिममा निर्णय पढ्दै थिइन्– 'नेपाल टेलिकमको सेवालाई विस्तार एवं गुणस्तरीय बनाउन तत्काल प्राविधिक, प्रशासनिक एवं व्यवस्थापकीय सुधार गर्न प्रबन्ध निर्देशकको पदपूर्ती खुला प्रतिस्पर्धाबाट गर्न, नेपाल टेलिकमको....।'
_x000D_
_x000D_
खड्का बोल्दै गर्दा सञ्चारमन्त्री बास्कोटाले हस्तक्षप गरे। 'एकछि है एकछिन', बास्कोटा बोल्न थाले, 'म एउटा कुरा अब्जेक्सन राख्न चाहन्छु, यहाँ छलफल एउटा, निर्देशन अर्को। कसले लेख्छ निर्देशन? प्रतिस्पर्धाद्वारा नै हुन्छ के, लेख्नै पर्दैन। कानुनमै लेखेको कुरामा के निर्देशन यो हो?'
_x000D_
_x000D_
बास्कोटाले खड्कालाई त्यसपछि पनि बोल्नमा अवरोध गरिरहे।
_x000D_
_x000D_
मन्त्री बास्कोटाको हस्तक्षपपछि सभापति खड्का पछि हटिन्। निर्देशन लेखिएन। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिने सो निर्णय नै परिवर्तन गरियो।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_
मन्त्रीको हस्तक्षप पछि परिवर्तन गरिएको निर्देशन।
_x000D_
_x000D_
_x000D_
गत साउन अन्तिममा सरकारले टेलिकम महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।